May 3rd, 2018

राष्ट्रिय स्तरका १२ विकास बैंक : अधिकांशले बढाए नाफा

बैंकिङ खबर । हाल संचालनमा रहेका राष्ट्रिय स्तरका १२ वटा विकास बैंकहरुमध्ये ११ वटाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा बढाएका छन् । लुम्बिनी विकास बैंकबाहेक सबै विकास बैंकको नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बढेको छ । हेरौँ, १२ वटै विकास बैंकहरुको तेस्रो त्रैमासिक विवरण :

मुक्तिनाथ विकास बैंक लिमिटेड 
मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४२ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत  आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ४० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकले ३५ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब ५९ करोड १७ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडाकोषमा ८० करोड ४६ लाख रुपैयाँ रहेको निक्षेपमा ६२ दशमलव ०४ प्रतिशतले वृद्धि गरी २४ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ५५ प्रतिशतले वृद्धि गरी २१ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको संचालन मुनाफा २२.५३ प्रतिशतले बढेर ६५ करोड ७६ लाख ४०  हजार रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी २०.७६ प्रतिशतको वृद्धिसँगै ८८ करोड २८ लाख २८ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा छ करोड ९९ लाख रुपैयाँ रहेको छ । 

बैंकको जोखिमयुक्त सम्पत्ति शून्य दशमलव २४ प्रतिशतले बढेर १५ दशमलव २१ प्रतिशत पुगेको छ भने निष्कृय कर्जा शून्य दशमलव नौ प्रतिशतले घटेर शून्य दशमलव एक प्रतिशत कायम भएको छ । बैंकको सिडी रेसियो ७९ दशमलब २१ प्रतिशत, प्रतिसेयरआम्दानी २२ रुपैयाँ, मूल्य आम्दानीको अनुपात (वार्षिक) १८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३० दशमलव ५४ रुपैयाँ र तरलता अनुपात २४ दशमल ५१ प्रतिशत रहेको छ । 

कैलाश विकास बैंक लिमिटेड
कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव २३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कैलाशले ३६ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५२ करोड छ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ९३ करोड छ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० अर्ब ३६ करोड ११ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १८ अर्ब ३९ करोड ७१ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६४ करोड १३ लाख ३७ हजारमा झरेको छ भने तथा संचालन मुनाफा ४६ करोड तीन लाख २२ हजार रुपैयाँमा झरेको छ । यो अवधिमा पाँच करोड ९६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा तीन करोड ९४ लाख दुई हजार रुपैयाँ राखेको छ । 

बैंकको पूँजीकोष १७ दशमलव ३७ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ४६ प्रतिशत, प्रतिसेयर आम्दानी २० दशमलव ६८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशमलव ०७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३६ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ६३ प्रतिशत रहेको छ ।

गण्डकी विकास बैंक लिमिटेड
गण्डकी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड चार लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ६४ प्रतिशत बढी नाफा कमाएको  हो । गत  आर्थिक वर्षको तेस्रो त्रैमासमा गण्डकीले २७ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब ३० करोड ४९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब २९ करोड ८३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २० अर्ब ४३ करोड ४० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १८ अर्ब ३२ करोड २९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३२ दशमलव ६७ प्रतिशतले बढेर ७० करोड ५३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२ दशमलव ८७ प्रतिशतले बढेर ५२ करोड १८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा चार करोड ३९ लाख ५३ हजार रुपैयाँ राखेको छ ।

गण्डकी विकास बैंकको पुँजीकोष २१ दशमलव २२ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ८४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १९ दशमलव ६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ५६ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ३० गुणा रहेको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेड
महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ३३ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा महालक्ष्मीले २१ करोड ७१ लाख रुपैयाँ  खुद मुनाफा आर्जन गरेको छ । 

चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँबाट दुई अर्ब ६३ करोड रुपैयाँ पुर्याएको बैंकले जगेडा कोषमा एक अर्ब १९ करोड रुपैयाँ राखेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १०४ प्रतिशत तथा कर्जा परिचालनमा १०८ प्रतिशतको सुधार आएको छ । यस अवधिमसम्म बैंकले २५ अर्ब ११ करोड निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड कर्जा परिचालन गरेको हो । बैंकको संचालन १० करोड ७९ लाख रुपैयाँबाट १७ करोड १० लाख पुगेको छ । त्यस्तै गतवर्ष ३६ करोड ८१ लखमा खूद ब्याज आम्दानी गरेको र्बैंकले ७१ करोड ८९ लाख खुद ब्याज आम्दानी गरेको छ । 

अधिकांश सूचक मजबुत भए पनि बैंकमा खराब कर्जा भने बढेको छ । गत वर्ष ३.८३ प्रतिशत रहेको यस्तो कर्जा बढेर यो वर्ष ३.९७ प्रतिशत पुगेको हो । बैंकको पूँजी कोष अनुपात १२.७६ प्रतिशतबाट बढेर १५.३१ प्रतिशत पुगेको छ। आधार व्याजदर १०.७१ प्रतिशतबाट बढेर १२.१६ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ छ।

गरिमा विकास बैंक लिमिटेड
गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव २८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी भएको गरिमा बैंकले जगेडाकोषमा ५७ करोड ९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १८ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७ अर्ब १० करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २८ दशमलव ७२ प्रतिशतले बढेर ६९ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १२ दशमलव ६६ प्रतिशतले बढेर ४३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २५ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा  १० करोड ३५ लाख ९७  हजार रुपैयाँ राखेको छ ।

चैत्र मसान्तसम्मा बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७८ प्रतिशत, पूँजीकोषको अनुपात २० दशमलव ५० प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १४ दशमलव ८१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव २२ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २२ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ९० प्रतिशत रहेको छ ।

ओम डेभलपमेन्ट बैंक लिमिटेड
ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव २१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ओमले २६ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब ५१ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ६७ करोड ९० लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९ अर्ब १४ करोड ७१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७ अर्ब १० करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी एक दशमलव ३१ प्रतिशतले बढेर ५३ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक प्रतिशतले बढेर ४० करोड ४३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा चार करोड ७० लाख ९९ हजार रुपैयाँ राखेको छ ।

चैत्र मसान्तसम्ममा ओम डेभलपमेन्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव ८२ प्रतिशत, पुँजीकोष १७ दशमलव ०१ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १४ दशमलव १२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १२ दशमलव ९६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २७ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ४८ प्रतिशत रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई  दशमलव ३६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सांग्रिलाले २४ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ३५ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ८२ करोड १४ लाख ९२ हजार रुपैयाँ राखेको छ । बैंकले १४ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खुद व्याज आम्दानी ५५ करोड १२ लाख रुपैयाँ र संचालन मुनाफा ३९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा पाँच करोड ४८ लाख ५१ हजार रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा ०.७० प्रतिशत, जोखिमयुक्त सम्पत्ति २१.५१ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८.१४ प्रतिशत रहेको छ ।

कामना सेवा विकास बैंक लिमिटेड
कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २२ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ दशमलव ६२ प्रतिशत  बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कामना सेवाले १४ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब छ करोड २७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडकोषमा एक अर्ब पाँच करोड ९७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १४ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १३ अर्ब सात करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४९ करोड २१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३३ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा एक करोड ३७ लाख ३० हजार रुपैयाँ राइट ब्याक गरेको बैंकले प्रोभिजनमा पाँच करोड ७७ लाख २१ हजार रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा एक दशमलव ९३ प्रतिशत, पुँजीकोषको अनुपात २३ दशमलव ९९ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १४ दशमलव ७५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ८३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५१ दशमलव ३८ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ६३ प्रतिशत रहेको छ ।

ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा २२ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ४४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योतिले १९ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ४२ करोड ३९ लाख रुपैयाँ राखेको छ । निक्षेप १५ अर्ब ६ करोड २७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १३ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४८ दशमलव ८७ प्रतिशतले बढेर ५३ करोड छ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४३ दशमलव ८८ प्रतिशतले बढेर ३४ करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा पाँच करोड ९८ लाख रुपैयाँ राखिएको छ ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक ११ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव ५१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १६ दशमलव ३५ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ८१ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा एक दशमलव २७ प्रतिशत र जोखिमयुक्त सम्पत्ति शुन्य दशमलव २३ दशमलव ०३ प्रतिशत रहेको छ ।

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड
टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव ७२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा टुरिजमले २० करोड नौ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ३१ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ४४ करोड २२ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १३ अर्ब ७२ करोड ४६ लाख रुपैयाँ संकलन गरी कर्जामा १२ अर्ब ४१ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २९ प्रतिशतले बढेर ५० करोड ५३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ दशमलव ०२ प्रतिशतले बढेर ३० करोड २६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा एक दशमलव ४० प्रतिशत, पुँजीकोषको अनुपात २० दशमलव ६४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १४ दशमलव ०९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३० दशमलव ३१ गुणा र प्रतिसेयर नेटवर्थ एक सय ३७ रुपैयाँ रहेको छ ।

देवः विकास बैंक लिमिटेड
देवः विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २० करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा एक दशमलव ६६ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा देवःले १९ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ६६ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । बैंकले निक्षेपमा १३ अर्ब ९५ करोड २१ लाख रुपैयाँ संकलन गरी कर्जामा १२ अर्ब ६२ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २१ दशमलव ४१ प्रतिशतले बढेर ४८ करोड २१ लाख ४४ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा एक दशमलव ५९ प्रतिशतले बढेर ३१ करोड ९८ लाख ६८ हजार रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा पाँच करोड नौ लाख ६३ हजार रुपैयाँ राखेको छ । 

बैंकको जोखिम युक्त सम्पति १५ दशमलव ०५ प्रतिशत, निष्क्रिय कर्जा ३ दशमलव ०१ प्रतिशत, प्रतिसेयरआम्दानी १६ दशमलव ५२ रुपैयाँ (वार्षिकीकरण), मूल्य आम्दानीको अनुपात ८ दशलमव ६६ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४० दशमलव ५७ रुपैयाँ र तरलता अनुपात २४ दशमल ८९ प्रतिशत रहेको छ ।

लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ४४ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे तीन करोडभन्दा बढीले घटेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा लुम्बिनीले २० करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब १४ करोड ९६ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब २० लाख रुपैयाँ राखेको छ । बैंकले १९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५३ करोड ४५ लाख रुपैयाँ र संचालन मुनाफा १८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा २.५९ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १७.०५ प्रतिशत, कर्जा निक्षेप अनुपात ७६.२८ प्रतिशत, प्रतिसेयर आम्दानी ११.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.६१ रुपैयाँ र तरलता अनुपात २५.२५ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]