May 2nd, 2018

गण्डकी विकास बैंकले कुनकुन पदमा माग्यो कर्मचारी ?

बैंकिङ खबर । गण्डकी विकास बैंक लिमिटेडले विभिन्न पाँच पदमा कर्मचारी मागेको छ । बैंंकले १५ जना ब्रान्च इन्चार्ज र १५ जना रिलेसनसिप अफिसर मागेको छ । त्यस्तै, बैंकले केही संख्यामा अफिसर, एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट लेभलका कर्मचारी पनि मागेको छ । 

सबै पदका लागि स्नातक उतीर्ण भएको हुनुपर्नेछ । ब्रान्च इन्चार्जका लागि तीन वर्ष, रिलेसनसिप अफिसरका लागि दुई वर्ष, अफिसर लेभलका लागि दुई वर्ष र एसिस्टेन्ट लेभलका लागि एक वर्षको कार्यअनुभव मागिएको छ । ट्रेनी एसिस्टेन्टका लागि अनुभव नभएकाले पनि आवेदन दिन सक्नेछन् । 

एप्लाई गर्ने म्याद १३ मे सम्म रहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]