April 27th, 2018

माछापूच्छ्रे बैंकले आर्जन गर्यो साढे ८१ करोड मुनाफा

बैंकिङ खबर । माछापूच्छ्रे बैंकको लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ८१ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ९० प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा माछापूच्छ्रेले एक अर्ब ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब पाँच करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी भएको माछापुच्छे« बैंकले जगेडाकोषमा एक अर्ब ७९ करोड ३१ लाख रुपैयाँ छुट्याएको छ । बैंकले निक्षेपमा ६८ अर्ब ४३ करोड २५ लाख रुपैयाँ संकलन गरी कर्जा तर्फ ६२ अर्ब २१ करोड १० लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी एक दशमलव ७७ प्रतिशतले बढेर एक अर्ब ७८ करोड २० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा नौ दशमलव ०१ प्रतिशतले घटेर एक अर्ब २१ करोड १६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा छ करोड ८० लाख ७२ हजार रुपैयाँ राइट ब्याक गरेको बैंकले प्रोभिजनमा १८ करोड ४४ लाख ११  हजार रुपैयाँ राखेको छ ।

बैंकको जोखिमयुक्त सम्पति १५ दशमलव ७२ प्रतिशत, निष्कृय कर्जा शून्य दशमलव ३५ प्रतिशत, प्रतिसेयर आम्दानी १३ दशमलव ७५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव ४४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव २६ रुपैयाँ र तरलता अनुपात २२ दशमल ३७ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]