April 27th, 2018

तेस्रो त्रैमासमा कुमारी बैंकको नाफा ७० करोड नाघ्यो

बैंकिङ खबर । कुमारी बैंक लिमिटडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ७० करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ दशमलव ७३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारीले ३७ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

पाँच अर्ब ९६ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ८१ करोड रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ६१ अर्ब ८४ करोड १७ लाख रुपैयाँ संकलन गरेर कर्जामा ५६ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ६४ दशमलव ९४ प्रतिशतले बढेर एक अर्ब ३४ करोड १६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६७ दशमलव ७१ प्रतिशतले बढेर ८५ करोड २८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा २२ करोड ३८ लाख ५७ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १६ करोड ९० लाख ८१ ह जार रुपैयाँ राखेको छ ।

कुमारी बैंकको प्रतिसेयर आम्दानी १५ दशमलव ७६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ८६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४७ दशमलव ११ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ८४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव २४ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १४ दशमलव ०९ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]