Friday , May 25 2018

निर्धन उत्थान बैंकको २ दिने अभिभावक गोष्ठी सम्पन्न

April 27, 2018

निर्धन उत्थान बैंक लि. दुई दिने अभिभावक गोष्ठी सम्पन्न गरेको छ । सुनसरीको धरान ६ स्थित शाखा कार्यालय पाचकन्याले धरान ६ पानबारी तथा केराबारी गा.पा.को कालापानी मिति २०७५ बैशाख ११ र १२ गते गरी २  दिने अभिभावक गोष्ठी सम्पन्न गरेको हो । दिल बहादुर खड्काको सभापतित्व तथा निर्धन उत्थान बैंक क्षेत्रीय कार्यालय बिर्तामोडका कार्यक्रम अधिकृत कल्याण बाबु कार्कीको प्रमुख आतिथ्यतामा धरान ६ पानबारीमा कार्यक्रम संचालन गरिएको हो । 

यसैगरी केराबारी गा.पा.को कालापानी प्रकाश श्रेष्ठको सभापतित्व तथा केराबारी गा.पा.वडा न. ६ का वडा अध्यक्ष उपेन्द्र लुङ्गेली मगर बिशिष्ट आतिथ्यता र क्षेत्रीय कार्यालय बिर्तामोडका कार्यक्रम अधिकृत कल्याण बाबु कार्कीकै प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको छ ।

दुई दिने कार्यक्रममा अभिभावक तथा बुद्धीजिवीहरुले राखेका सुझाव तथा गुनासाहरुको प्रत्तिउत्तर शाखा प्रमुख टिकाराम गिरी तथा कार्यक्रम अधिकृत कार्कीले दिएका थिए ।

कार्यक्रममा शाखा प्रमुख गिरीले शाखाको २०७४ चैत्र मसान्त सम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए भने  कार्यक्रम अधिकृत कार्कीले बैंकले मुख्य गरी दिने सेवा, कर्जा, बचत, लघु सुरक्षण बीमा र विप्रेषण बारेमा प्रस्ट्याउदै  बैंकको हालसम्म  ७७ वटै जिल्लामा शाखा सजांल रहेका समेत जानकारी गराए ।
 
उक्त कार्यक्रममा डा.हरिहरदेव पन्त स्मिृति छात्रवृत्ति समेत प्रदान गरिएको थियो । शाखाका ग्राहक सदस्य दुर्गा बस्नेतकी छोरी अन्शु बस्नेतलाई प्रमुख अथिति तथा सभापतिले रु ३ हजार ५ सय नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको सचालन क्रमश शाखाका कर्मचारी बैजनाथ शर्मा तथा तुलसा कटवालले गरेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.