fbpx
Sunday , August 19 2018

बैंकहरुले विदेशबाट भारुमा रकम ल्याउन पाउने

April 27, 2018

बैंकिङ खबर । बाणिज्य बैंकहरुले भारतीय रुपैयाँ (भारु)मा पनि कर्जा सापटी लिन पाउने भएका छन् । नेपाल व्यवस्थापन संघको पूर्व बजेट छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले चाहेमा भारुमा पनि कर्जा ल्याउन सक्ने व्यवस्था गरेको बताए । यसअघि, डलरमा मात्रै कर्जा सापटी ल्याउने व्यवस्था गरिएको थियो । सोही बमोजिम केही बैंकहरुले प्रक्रिया पनि अघि बढाइरहेका छन् । 

डलरमा कर्जा ल्याउँदा लागत बढी पर्ने भएकाले व्याजदर पनि बढी हुन जाने गुनासो गरिरहेका बैंकहरुलाई भारुमा कर्जा ल्याउँदा सहज हुने भएको छ । भारुसँग नेपाली मुद्राको स्थिर विनिमय दर रहेकाले बैंकहरुलाई तुलनात्मक रुपमा कम लागत पर्ने हुन्छ । 

हालै मात्र नेपाल राष्ट्र बैंले ‘क’ बर्गका बैंकहरुलाई विदेशी बैंक तथा संस्थाबाट प्राथमिक पूँजीको २५ प्रतिशतसम्म निक्षेप ल्याएर लगानी गर्न स्वीकृति दिएको थियो । जलविद्युत, कृषि, पर्यटन, रेल्वे तथा अन्य भौतिक पूर्वाधार निर्माणजस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने शर्तमा राष्ट्र बैंकले विदेशी वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्न बाटो खोलिदिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.