April 26th, 2018

वित्तीय साक्षरता कार्यक्रम सुरु गर्न सक्षम र नेरुडे लघुवित्तबीच साझेदारी

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड विराटनगरले यूकेएड, सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम बीच इन्टरप्राइज डेभलपमेन्ट एण्ड डिजिटलाइजेसन अफ माईक्रोफाईनान्स सर्भिस (Enterprise Development & digitalization of Microfinance Services) नामक कार्यक्रमको साझेदारी भएको छ । नेरुडेको तर्फबाट प्रबन्ध सञ्चालक मणिकुमार अज्र्याल र सक्षम परियोजनाको तर्फबाट डेपुटी टिम लिडर निर्मल दाहालले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार नेरुडेले आफ्ना सुनसरी, झापा, इलाम, सर्लाही, रुपन्देही र अर्घाखाँची जिल्लामा रहेका १६ वटा कार्यालयहरुमार्फत उद्यम विकास कार्यक्रम वित्तीय साक्षरता कार्यक्रम र ट्यावलेट बैंकिङ्ग कार्यक्रम सञ्चालन गर्नेछ । तीन वर्षको अवधिमा ३४४२ ग्राहक सदस्यलाई उद्यमी बनाउने र २९१२० जनालाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान दिने उद्देश्य लघुवित्तले लिएको छ । 

कार्यक्रममा बोल्दै सक्षम परियोजनाका डेपुटी टिम लिडर निर्मल दाहालले नेपालमै पहिलो पटक वित्तीय साक्षरता सम्बन्धी जनचेतना फैलाउने कार्यलाई सफल तुल्याउन “बज नेरुडे” नामक घुमन्ते गाडीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननिय जीवन घिमिरेले यस प्रकारका वित्तीय साक्षरता र उद्यमशील कार्यक्रमहरुले गाउँ–गाउँमा रोजगारीको अवसर श्रृजना गर्ने र रोजगारीको लागि विदेश जानु नपर्ने अवस्था आउने बताए । सामाजिक विकासमा लघुवित्तको अतुलनीय योगदान रहेको समेत उनले बताए ।  

कार्यक्रमका सभापति डा. भेषप्रसाद धमलाले गरिबी न्यूनिकरणमा लघुवित्त क्षेत्रले पुर्याएको योगदानको मापन गर्न नेपाल राष्ट्र बैंकले ढिला गर्न नहुने बताए ।
त्यसैगरी ग्रामीण क्षेत्रमा रहेका जनसमुदायलाई लक्षित गरि स्थानीय स्तरमै वित्तीय साक्षरता दिने उद्देश्यका साथ सडक नाटक, भिडियो प्रर्दशनी, घुमन्ते गाडी (Mobile Vehicle), लगायतका कार्यक्रमहरु गर्न लागिएको नेरुडेका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले जानकरी दिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]