April 26th, 2018

तीन महिनाभित्र २७ शाखा विस्तार गर्दै ‘नेपाल बैंक’

मुलुकको अग्रणी बैक नेपाल बैक लिमिटेडले तीन महिनाभित्र २७ स्थानमा शाखा स्थापना गर्ने भएको छ । देशमा वित्तिय पहुँच र समावेशिता अभिवृद्धिका लागि विभिन्न स्थानमा शाखा, काउन्टर तथा एटिएम आउटलेट विस्तार गरिरहेको बैंकले बैशाख महिनाभित्रै कन्चनपुरको विलासपुर, नवलपरासी (पुर्व) को पालीनन्दन गाउपालिका , रोल्पाको माडी गाउंपालिका (घर्तिगाउं) डोल्पाको जगदुल्ला गाउपालिका, काठमाडौको जोरपाटी र इलामको मंगलबारेमा शाखा विस्तार गर्ने जनाएको छ । त्यस्तै, असार महिनाभित्र ताप्लेजुङ्गको शिरिजंघा (तेललोक), रौतहटको राजदेवी नगरपालिका, सर्लाहीको पर्सा गाउँपालिका र वसवरिया गाउपालिका, मनाङ्गको नार्फु गाउपालिका, रोल्पाको लुंग्री गाउपालिका, डोल्पाको काईके गाउँपालिका, वाजुराको त्रिवेणी नगरपालिका, रुपन्देहीको सैनामैना नगरपालिकास्थित रामनगर, गुल्मिको शान्तिपुर, रुपन्देहीको ठुटेपिपल, दाङ्गको भालुवांग र तुलसिपुर, धनकुटाको पाख्रीवास, सिन्धुलीको दुधौली, मोरङको विराटचोक, महोत्तरीको वर्दिवास, कास्कीे तालचोक, धादिङको धादिङवेसी, नवलपरासी (पुर्व) को आरुंगखोला, सल्यानको वागचौरमा शाखा स्थापना गर्ने बैंकले जानकारी दिएको छ । यी स्थानहरुमा शाखा विस्तारका लागि भवन छ नौट कार्य भइरहेको बैंकले जानकारी दिएको छ । पाल्पाको छहरा र गोर्खाको जौवारीमा नयाँ शाखा खोल्नका लागि आवश्यक प्रकृया अघि बढिरहेको बैंकले बताएको छ । बैंकले हालै मात्र काठमाडौँको महाराजगन्ज र कोटेश्वरमा शाखा, भक्तपुरको ठिमीमा एकस्टेन्सन काउन्टर र वाग्लुंगको वुर्तिवांगमा एटिएम आउटलेट संचालनमा ल्याएको थियो । 

एक परिपक्व स्थीर वित्तिय संस्थाको रुपमा आठ दशक यता अविच्छिन्न रुपमा देशको वित्तिय सेवामा संलग्न यस बैकले हाल मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिई १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट मार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैकिंग सेवा पुयाईरहेको छ ।

आम नेपालीलाई प्रारम्भिक वित्तिय साक्षरता प्रदानमा अहम् योगदान पुर्याएको यस बैंकले हालको परिवर्तित परिवेशमा ग्राहकका चाहना र आवश्यकतालाई सम्वोधन गर्दै मोवाईल बैकिंग, कार्ड, आस्वा, डिम्याट, आईपिएस, इन्टरनेट बैंकिङ लगायतका आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । यसैबीच बैकको सेवालाई परिष्कृत गराउन बैक परिसरबाट वाहिर निस्कने हरेक ग्राहकको मुहारमा प्रसन्नता झल्किने किसिमको सेवा प्रवाह गर्ने उद्देश्यले बैकले स्मार्ट ब्रान्चको अवधारणा छिटै नै कार्यान्वयनमा ल्याउँदैछ । प्रथम चरणमा २५ शाखाबाट आरम्भ गरिने स्मार्ट ब्रान्चको निम्ति हाल कर्मचारीलाई ग्राहक व्यवहार सम्वन्धी प्रशिक्षण र ब्रान्च लेआउटको कार्य तिब्र गतिमा अघि बढिरहेको छ । 
   
चालु आर्थिक वर्षको प्रथम नौ महिनामा नेपाल बैंकले दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैकको संचालन मुनाफा ३ अर्ब १२ करोड रहेको छ । बैकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २.०६ प्रतिशतले बढी छ । यस अवधिमा बैकको निक्षेप ९० अर्ब ८१ करोड र कर्जा ७९ अर्ब ७१ करोड पुगेको छ । बैकको कुल कर्जा भाखा नाघेको कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]