April 25th, 2018

चार लघुवित्तको तेस्रो त्रैमासिक रिपोर्ट, कुनको प्रगति कस्तो ?

बैंकिङ खबर । चार वटा लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । कालिका माइक्रोक्रेडिट, नेशनल माइक्रोफाइनान्स, स्वदेशी लघुवित्त र वोमी माइक्रोफाइनान्सले चैत्र मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन् । जसमध्ये, नेशनल माइक्रोफाइनान्सको मुनाफा सबैभन्दा धेरै रहेको छ भने कालिका माइक्रोक्रेडिटको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । मुनाफामा सबैभन्दा धेरै प्रतिशतको वृद्धि हासिल गर्नेमा भने वोमी माइक्रोफाइनान्स रहेको छ । चार वटै माइक्रोफाइनान्सको वित्तीय विवरण यहाँ प्रस्तुत गरिन्छ ।

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ५२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेशनलले पाँच करोड करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

१२ करोड रुपैयाँ चुक्ता पूँजी भएको नेशनल माइक्रोफाइनान्सले जगेडाकोषमा १४ करोड ५३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ६० करोड ८२ लाख रुपैयाँ संकलन गरेको माइक्रोफाइनान्सको दुई अर्ब २२ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

नेशनल माइक्रोफाइनान्सको खुद व्याज आम्दानी १७ दशमलव ४७ प्रतिशतले बढेर १२ करोड १३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा आठ दशमलव ०४ प्रतिशतले बढेर नौ करोड ४४ लाख रुपैयाँ पुगेको छ । नेशनल माइक्रोफाइनान्सको जोखिमयुक्त सम्पत्ति १२ दशमलव १६ प्रतिशत, निष्कृय कर्जा एक दशमलव ३० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ६६ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३० दशमलव ०५ गुणा, प्रतिशेयर नेटवर्थ २ सय २० दशमलव ७६ रुपैयाँ र तरलता अनुपात १२ दशमलव १२ प्रतिशत रहेको छ ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
वोमी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मुनाफामा ८८ दशमलव ८० प्रतिशत प्रगति हासिल गरेको  हो । गत आपर्थक वर्षको तेस्रो त्रैमासमा वोमीले एक करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

सात करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी भएको वोमी माईक्रोफाइनान्सले जगेडाकोषमा पाँच करोड ४७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४० करोड २७ लाख रुपैयाँ संकलन गरेको माइक्रोफाइनान्सको कर्जातर्फ एक अर्ब १५ करोड ४३ लाख रुपैयाँ लगानी रहेको छ ।

कम्पनीको खुद व्याज आम्दानी ३७ दशमलव २० प्रतिशतले बढेर पाँच करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १०४ दशमलव ५४ प्रतिशतले बढेर चार करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५० दशमलव ६० रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६ दशमलव ८८ गुणा, तरलता अनुपात २६ दशमलव १८ गुणा र प्रति शेयर नेटवर्थ १ सय ७० दशमलव ४१ रुपैयाँ रहेको । निष्कृय कर्जा शुन्य दशमलव ७६ प्रतिशत रहेको छ भने पूँजीकोष ११ दशमलव ९३ प्रतिशत रहेको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वदेशी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा दुई करोड ५० लाख रुपैयाँ कमाएको छ । संस्थाको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव २५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा स्वदेशीले दुई करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

११ करोड रुपैयाँ चुक्ता पुँजी भएको स्वदेशी लघुवित्त वित्तीय संस्थाले जगेडामा तीन करोड ७६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ५५ करोड २१ लाख रुपैयाँ संकलन गरेको लघुवित्तको कर्जा लगानी दुई अर्ब ९५ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानीमा १९ प्रतिशतले वृद्धि गरेर १० करोड ५५ लाख ५१ हजार रुपैयाँ पुर्याएको छ भने संचालन मुनाफा ३२ लाख ८६ हजार रुपैयाँमा झरेको छ । 

यो अवधिमा तीन करोड ६० लाख रुपैयाँ खराब कर्जा उठाएको कम्पनीले प्रोभिजनमा चार करोड ९० लाख रुपैयाँ राखेको छ । लघुवित्तको जोखिमयुक्त सम्पत्ति १० दशमलव ६२ प्रतिशत, निष्कृय कर्जा एक दशमलव ५१ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक २९ दशमलव ०४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३३ दशमलव ०९ गुणा, प्रतिसेयर नेटवर्थ १३२ दशमलव ७३ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ०३ प्रतिशत रहेको छ ।

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैक लिमिटेड
कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ३२ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कालिकाले दुई करोड सात लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

१० करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले निक्षेपमा ४५ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा एक अर्ब ११ करोड आठ लाख रुपैयाँ लगानी गरेको छ । कालिकाको खुद व्याज आम्दानी ३१ दशमलव ३७ प्रतिशतले बढेर छ करोड ७९ लाख ८६ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७ प्रतिशतले घटेर दुई करोड ४९ लाख ४७ हजार रुपैयाँ पुगेको छ । 

कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकको निष्कृय कर्जा एक दशमलव ८९ प्रतिशत, पुँजीकोष अनुपात १३ दशमलव ३२ प्रतिशत, प्रतिसेयर आम्दानी २५ दशमलव ६७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४६ दशमलव ९४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५० दशमलव ५७ रुपैयाँ र तरलता अनुपात ११ दशमलव ३८ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]