April 24th, 2018

प्रभु समुहले ल्यायो नयाँ प्रविधिमा एचडी क्वालीटीको ‘प्रभु टिभि’  

बैंकिङ खबर । प्रभु समूहले केबल, एन्टेना तथा छाता बिना नै डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी) प्रविधिमा आधारित प्रभु टिभी संचालनमा ल्याएको छ । डाइरेक्क टु होम (डीटीएच) प्रविधिको डिस होम सञ्चालन गरिरहेको प्रभु समूहले नेपालमै पहिलोपटक डीटीटी भित्र्याएको हो ।

प्रभु टेलिभिजनले पहिलो चरणमा काठमाडौं, पोखरा र चितवनबाट यो सेवाको परीक्षण सुरुवात गरेको छ । त्यसपछि क्रमशः पूर्वको इटहरी, धरान लगायतका क्षेत्रमा पनि प्रभु टिभीको सेवा विस्तार गरिने प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए । अबको एक महिनाभित्रमानै व्यवसायिक प्रशारण गर्ने गरी प्रभुले गृहकार्य गरिरहेको छ ।

सस्तो मूल्यमा स्तरीय क्वालिटी
यो प्रविधिले टेलिभिजिनका ग्राहकलाई एनालगबाट डिजिटलमा जान सहज हुने भट्टचनले बताए । यो अन्यभन्दा सस्तो र स्तरीय भएकाले ग्राहकको रोजाइमा पर्ने प्रभु टिभी विश्वस्त छ । यो प्रविधिमा आधारित भएर ग्राहकले सस्तो मूल्यमा नै डिजिटल टेलिभिजन हेर्न पाउनेछन् । यसले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ । टिभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका समस्या यो प्रविधिमा नरहने दाबी कम्पनीको छ । 

फ्रिक्वेन्सीबाट चल्ने
यो टेलिभिजन जडान गरेपछि फ्रिक्वेन्सीमार्फत च्यानलहरु प्रशारण हुने भएकाले वर्षातका कारण सिग्नल नआउने, तार छिन्ने लगायतका अवरोधहरु नहुने प्रभु टीभीको भनाई छ । त्यस्तै, घर तथा कोठा सर्दा समेत यसलाई सँगसँगै लैजान सकिन्ने छ । यो प्रविधिमा च्यानल रिसिभ गर्ने डिभाइससँगै टेलिभिजन सेटलाई यताउता सारेर हेर्न सकिने भएकाले निकै उपयोगी पनि हुने विश्वास लिइएको छ ।

सबै च्यानलहरु एउटै प्याकेजमा
टेरेस्ट्रियल नै भएपनि प्रभु टिभीले आफूले सेवा दिने क्षेत्रका ९० प्रतिशत क्षेत्रमा एन्टेना नै राख्नु नपर्ने बताएको छ । कम्पनीले ग्राहकलाई दिने डिभाइसले नै च्यानलहरु रिसिभ गर्नेछ । प्रभुले डीटीएचमा जस्तै टेलिभिजनका प्याकेज दिनेछ । एउटै प्याकेजमा सबै च्यानलहरु समेटिने बताइएको छ । अधिकांश च्यानलहरु एचडी क्वालिटीमा हुने प्रभु टिभीको भनाइ छ । प्रभु टिभीले प्रयोग गरेको प्रविधिलाई ‘डिजिटल भिडियो ब्रोडकाष्टिङ–सेकेन्ड जेनेरेसन टेरेस्ट्रियल–डीभीबी (टिटु)’ अर्थात दोस्रो पुस्ताको टेरेस्ट्रियल पनि भनिन्छ । मासिक ३ सय रुपैयाँमै आम नागरिकले यो सेवा लिन सक्नेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]