April 22nd, 2018

३ दिने आर्थिक पत्रकारिता तालिम सम्पन्न

बैंकिङ खबर । आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र मिडिया इन्टरनेसनलको संयुक्त रुपमा आयोजना गरेको उक्त तालिम शनिबार सम्पन्न भएको हो । 

शनिबार मर्चेण्ट बैंकिङ तथा शेयर बजारबारे प्रशिक्षणसँगै तालिम समापन भएको हो । ३ दिने तालिममा नेपाल राष्ट्र बैंकले तयार पार्ने मुल्य वृद्धिसँग सम्बन्धी तथ्यांकका विश्लेषण र मुल्य वृद्धिका तथ्यांक संकलनका विधि, डाटा एनालाइसेस, कमोडिटी बजार, मर्चेट बैंकिङ, शेयर बजार लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । 

राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत डा. रमेश भण्डारी, दिवश न्यौपाने, अमृत खरेल, श्रीधर खनाल तथा प्राविधिक विश्लेषक माधव थापाले आर्थिक पत्रकारहरुलाई प्रशिक्षण दिएका थिए । बिहीबारदेखि शुरु भएको उक्त तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत ५६ जना आर्थिक पत्रकारहरु सहभागी थिए । 

आगामी दिनमा पनि आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै जाने नेपाल आर्थिक पत्रकार संघ(नाफिज) का महासचिव इन्द्र बानियाले जानकारी दिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]