April 20th, 2018

ज्योति विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

ज्योति विकास बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच शुक्रबार बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय तथा देश भर रहेका शाखा कार्यालयहरुमार्फत युनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्था बीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र युनियन लाइफ इन्स्योरेन्सको तर्फबाट वरिष्ठ नायब महाप्रवन्धक कपिल कुमार ढकालले हस्ताक्षर गरेका छन् । यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । 

हाल यस बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हाल सम्मबैंकले १ लाख ५० हजार भन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत रु.१३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]