April 20th, 2018

काठमाडौँको सुकेधारा र दोलखाको चरिकोटमा ज्योति लाईफ इन्स्योरेन्सको शाखा विस्तार 

logo
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँको सुकेधारामा शाखा कार्यालय तथा दोलखाको चरिकोटमा उपशाखा कार्यालय सहित थप २ स्थानबाट सेवा शुभारम्भ गरेको छ । यि सेवा केन्द्र सहित कम्पनीको कुल शाखा संजाल ५४ पुगेको छ । 

पछिल्लो पटक संचालनमा आएका जीवन बीमा कम्पनीहरुमध्ये शाखा संजाल विस्तारमा ज्योति लाईफ अग्रस्थानमा रहने कम्पनीहरुमा पर्दछ । २०७४ आश्विन ८ गतेबाट एकै दिन देशका विभिन्न १० स्थानबाट सेवा आरम्भ गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको छोटो अवधिमा नै नेपालका ७ वटै प्रदेशमा क्षेत्रीय कार्यालय र उक्त क्षेत्रियकार्यालय अन्तर्गत शाखा तथा उपशाखा गरी जम्मा ५४ वटा सेवा केन्द्रबाट जीवन बीमा सेवा प्रदान गर्न सफल भएको छ । 

विभिन्न व्यक्ति तथा संस्था गरी ४२ जना संस्थापकहरु रहेको यस कम्पनीको अधिकृत पुँजी रु. ३ अर्व, जारी पुँजी रु. २.२० अर्बमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.५४ अर्ब चुक्तापुँजी रहेको छ । कम्पनीले निकट भविष्यमा रु.६६ करोडको सर्वसाधारणको लागि सेयर जारी गरी चुक्तापुँजी रु. २.२०अर्ब पुर्याउनेछ ।

अवधि समाप्ति वा मृत्यु पश्चात मात्र जीवन वीमाको रकम पाइने आम बुझाइलाई परिवर्तन गर्न कम्पनीले विभिन्न ११ वटा घातक रोगको पहिचान भएको अवस्थामा उपचार खर्च वापत अधिकतम रु. १० लाखसम्म अग्रिम भुक्तानी दिने अतिरिक्त सुविधा सहितको बीमा योजनाहरु नेपाली जनतामाझ प्रस्तुत गरेको छ । यस कम्पनीले आगामि दिनमा नविनतम सोचका नयाँ योजनाहरु जारी गर्ने, शाखा संजाल विस्तारलाई निरन्तरता दिने, बीमाको सचेतना अभिवृद्धि कार्यक्रम संचालन गर्ने, उच्चस्तरीय प्रविधिको प्रयोग माार्फत ग्राहक सेवालाई प्रभावकारी बनाउँदै नेपालको बीमा बजारको विकास तथा विस्तारमा विशेष योगदान पुर्याउने उद्देश्य लिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]