April 19th, 2018

अब क्लियर टिभी सेवा २५०भन्दा बढी डिजिटल तथा एचडी च्यानलहरुका साथमा 

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि।ले आफ्नो क्लियर टिभी सेवामा २५०भन्दा बढी डिजिटल च्यानलहरु विस्तार गरेको छ । यसमा ६०भन्दा बढी एचडी च्यानलहरु रहेका छन् । सुबिसु हाल नेपालकै सबैभन्दा बढि एचडी तथा डिजिटल च्यानल सेवाप्रदायक कम्पनी रहेको छ । 

बिभिन्न विधा जस्तै खेलकुद, चलचित्र तथा वृत्रचित्र, संगीत र जीवनशैली अन्तर्गत पर्ने २५० भन्दा बढी डिजिटल र एचडी च्यानलहरुले दर्शकहरुको  आफ्नो रोजाइको च्यानल हेर्ने इच्छा पुरा हुने विश्वास कम्पनीले लिएको छ । क्लियर टिभी सेवामा हाल ग्राहकहरुका लागि रु १९९९ को अफर रहेको छ, जसमा ग्राहकहरुले सेट टप बक्स  इन्स्टलेसन चार्ज र दुई महिनाको सब्सकृप्सन सेवा प्राप्त गर्न सक्नेछन् । 

क्लियर टिभी सेवा बेसिक र प्रिमीयम गरी दुई प्याकेजहरुमा उपलव्ध छ । सेवा शूल्क प्रतिमहिना न्युनतम रु।५०० देखि रु।७०० रहेको छ । एकमुष्ट ३, ६ र १२ महिनाको सेवा खरिदगर्दा बिषेश छुटको समेत व्यवस्था रहेको छ । ग्राहकहरुले क्लियर टिभी र इन्टरनेट सेवाको संयुक्त प्याकेज पनि उपयुक्त मूल्यमा प्राप्त गर्न सक्नेछन् ।

क्लियर टिभी सेवामा एक वा सोभन्दा बढी जडान सेवा उपलब्ध छन् । सुबिसुले आफ्ना ग्राहकहरुलाई डिजिटल टिभी र इन्टरनेट सेवा एउटै तारको माध्यमबाट प्राप्त गर्न सकिने सुविधा प्रदान गर्दछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]