April 19th, 2018

ज्योति विकास बैंकको नयाँ शाखा काठमाडौँको कालीमाटीमा

ज्योति विकास बैंक लिमिटेडले काठमाडौँको कालीमाटीमा नयाँ शाखा विस्तार गरेको छ । वैशाख ५ गते बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमका बिच संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।     

कालीमाटीशाखासहित ज्योति विकास बैंकको  शाखा संख्या ५० पुगेको छ । निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य र बैंकले दिएको छ । त्यस्तै, बैंकले १४ वटा एटिएम मार्फत पनि सेवा उपलव्ध गराउँदै आएको छ । 

बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सीअ ास्वा तथा एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । 

हाल बैंकले ५० वटा शाखा एवं हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]