fbpx
Sunday , August 19 2018

भारतमा नोटको अभाव, एटीएम रित्तिँदै

April 18, 2018

बैंकिङ खबर । भारतमा नोटको अभाव देखिएको छ । तेलङ्गना, आन्ध्र प्रदेश, पूर्वी महाराष्ट्र, बिहार र गुजरात लगायतका राज्यका एटीएमबाट पैसा निस्किन छाडेको छ । नगद प्रवाह आवश्यकताभन्दा बढी नै भए तापनि नगद झिक्ने क्रम बढेपछि एटिएमहरु रित्तिन थालेको भारतका अर्थमन्त्री अरुण जेट्लीले बताए ।

नोट छपाई बढाइने 
अचानक देखिएको मुद्रा अभाव टार्न सरकारले पाँच सय भारुको छपाई बढाउने निर्णय गरेको बताइएको छ । आगामी केही दिनभित्रै हरेक दिन २५ अर्ब रुपया मूल्य बराबरका ५ सय रुपयाको नोट छाप्ने भारतको सरकारको तयारी छ । यसले एक महीनामै सात खर्बदेखि साढे सात खर्ब रुपया नगद प्रवाह हुने अपेक्षा गरिएको छ । 

अभाव भएका क्षेत्रमा नगद प्रवाह बढाइने
भारतको वित्तीय प्रणालीमा अहिले १२ खर्ब ५० अर्ब रुपया नगद रहेको छ । यद्यपि, कुनै राज्यमा थोरै र कुनैमा धेरै नगद भएकाले यस्तो समस्या भएको भन्दै नगद अभाव भएका राज्यमा नगद प्रवाह बढाउन राज्यस्तरको प्यानल नै गठन गरिएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले पनि समिति बनाएर अघि बढेको बताइएको छ । 

भारतका कतिपय सर्वसाधारणहरुमा नयाँ नोट खर्च नगरी थुपारेर राख्ने प्रवृत्ति रहेको छ । यसले गर्दा, वित्तीय प्रणालीमा कम रकम आउने गरेको छ । अहिले चुनाव आउन लागेको राज्यमा नगदको उच्च माग रहेको छ । खेतीपातीको सिजन भएकोले कृषि क्षेत्रमा पनि नगद निकासी बढेको छ । केही राज्यमा नयाँ वर्ष मनाउनका लागि धेरै नगद बैंकबाट निकालियो । यसरी एकैपटक धेरै क्षेत्रबाट नगदको माग बढेकाले नगद अअभावको स्थिति देखिएको विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.