April 17th, 2018

नेप्सेमा हरियाली कायमै, ३३.६१ अंकले परिसूचक बढ्दा ९५ करोडको कारोबार

बैंकिङ खबर । मंगलबार पनि नेप्सेमा हरियाली छाएको छ । व्यापारबाहेक सबै उपसूचक बढ्दा नेप्से परिसूचक ३३.६१ अंकको वृद्धिसँगै १३३१.१८ अंकमा पुगेको छ । व्यापार समूह ५.५७ अंकले घटेको छ भने बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः १२.२, ८६.०१, ३५.५१, ४०.८२, ८.९४, ३६०.४३, ५४.९९, २१.९९ र १२०.११ अंकले बढेका छन् । 

कारोबार रकम पनि सोमबार तुलनामा उल्लेख्य रुपमा बढेको छ । दिनभरिमा १६६ वटा कम्पनीको १८ लाख ९५ हजार पाँच सय छ कित्ता सेयर १० हजार ३१ पटक खरिदविक्री हुँदा ९५ करोड ४० लाख छ हजार पाँच सय चार रुपैयाँको कारोबार भएको छ । सोमबार ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सूर्या लाइफ इन्स्योरेन्सको झन्डै छ करोड तथा नेपाल लाइफ इन्स्योरेन्स र कुमारी बैंकको तीन करोडमािथको सेयर कारोबार भएको छ । नागरिक लगानी कोष, लुम्बिनी जनरल इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स, प्रिमियर इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।

महिला सहयात्रा माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी (प्रोमोटर) का सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । नौ प्रतिशतभन्दा बढीका दरले कमाउनेमा ग्लोबल आईएमई लघुवित्त, नयाँ नेपाल लघुवित्त, नेपाल इन्स्योरेन्स, डिप्रोस्क डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतका सेयरधनीले छन् । 

यता, १३ वटा कम्पनीका सेयरधनीले गुमाएका  छन् । सबैभन्दा धेरै सहयोगी विकास बैंकका सेयरधनीले ४.५८ प्रतिशतका दरले गुमाएका छन् । विशाल बजार, ग्लोबल आईएमई समुन्नत स्किम, मिसन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, जेविल्स फाइनान्स, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, खानीखोला हाइड्रो, सिन्धु विकास बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र एनएमबि हाइब्रिड फण्डका सेयरधनीले पनि गुमाएका  छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]