April 17th, 2018

जीवन बीमा गर्दा हुने फाइदाहरु (चार बुँदामा)

बैंकिङ खबर । वित्तीय योजना तर्जुमाका लागि जीवन बीमा अत्यन्तै आवश्यक छ । आफ्ना बालबच्चाको र आफ्नो सुरक्षित भविष्यका लागि बीमाको आवश्यकता पर्दछ । वर्तमानमा गरेको निर्णयले भविष्य सुरक्षित बन्छ । बचतले मात्रै फाइनानसीयल प्लानिङ गर्दैन । बीमा यस्तो चिज हो जसले बचत पनि गर्छ र रिक्स पनि बोकिदिन्छ । एकदमै छोटो रुपमा भन्नुपर्दा भविष्यको सुरक्षाका लागि बीमाको आवश्यकता पर्दछ । आज तपाईँले गरेको बीमाले भोली तपाईँ र तपाईँको परिवार सुखमय रहन सक्नुहुन्छ ।

  • बीमाको फाइदाहरु धेरै छन् । बीमा गरेको व्यक्ति दुर्घटना पर्यो भने उसलाई उपचार खर्चको अभाव हुन पाउँदैन । त्यो रिक्स बीमा कम्पनीले बोकेको हुन्छ । 
  • बीमा गर्नेको व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसबेला उसको परिवारले आर्थिक अभावको समस्या झेल्नुपर्दैन । बीमा दाबी वापत आएको भुक्तानीले बीमित व्यक्तिको मृत्यु भए पनि उसको परिवारलाई धेरै राहत हुन्छ । 
  • आज एउटा सानो बच्चाको बीमा गर्ने हो भने पछि त्यो बच्चालाई उच्च शिक्षा अध्ययन गराउनका लागि अविभावकलाई धेरै राहत पुग्छ । आज गरेको बच्चाको बीमाले भविष्यमा कसरी पढाउने भन्ने कुराको तनाब अविभावकलाई पर्दैन । 
  • बीमा गर्दा बचत हुन्छ, आवश्यक पर्दा कर्जा पाइन्छ र कम्पनीले रिक्स पनि बोक्छ । यसर्थ बीमा गर्नु पर्छ ।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]