सिटिजन्स बैंकद्वारा श्री जन उदय माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान

April 17, 2018

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जन उदय माध्यमिक विद्यालयलाई रू १,००,००० को आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएकोमा यसपटक बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । 

एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले रू एक लाखको चेक विद्यालयका व्यव्स्थापन समितिका अध्यक्ष शिवगोपाल थापा मगरलाई  हस्तान्तरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *