fbpx

नेप्से परिसूचक १३ सय अंक नजिक, २७ कम्पनीका सेयरधनीले गुमाए

April 16, 2018

बैंकिङ खबर । सोमबार सेयर बजार  १७.४२ अंकको वृद्धिसँगै १२९७.५७ अंकमा पुगेको छ । अन्यबाहेक सबै उपसूचक बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ४.२८, ५२.१६, १६.७५, १२.२३, १४.६७, २९३.२४, ११.२४ र ७२.११ अंकले बढेका छन् । अन्य समूह १.२१ अंकले घटेको छ । 

दिनभरिमा १६७ वटा कम्पनीको ११ लाख ७८ हजार सात सय ३८ कित्ता सेयर छ हजार आठ सय चार पटक खरिदविक्री हुँदा ५७ करोड ६८ लाख ६१ हजार आठ सय ६३ रुपैयाँको कारोबार भएको छ । प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको दुई करोड तथा नेको इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, कुमारी बैंक, सूर्या लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशतका दरले कमाउँदा ग्लोबल आईएमई लघुवित्त, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र महिला सहयात्रा लघुवित्तका सेयरधनीले नौ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । विजय लघुवित्तका सेयरधनीले आठ प्रतिशतका दरले कमाएका  छन् । गोर्खाज फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायतका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

जम्मा २७ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ९.९५ प्रतिशतका दरले गुमाएका छन् । राधी विद्युत् कम्पनी, एनबि बैंक, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम,  लक्ष्मी भ्यालु फण्ड, मिथिला लघुवित्त, सेञ्चुरी बैंक प्रोमोटर, सानिमा इक्विटी फण्ड, रिडी हाइड्रो, मिसन डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका  छन् ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.