Friday , April 27 2018

हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउँदै युनाइटेड इन्स्योरेन्स

April 16, 2018

बैंकिङ खबर । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले २४० प्रतिशत अर्थात १० बराबर २४को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको  हो । नियामक निकाय बीमा समितिबाट स्वीकृत भई र कम्पनीको साधारणसभाबाट पारित भएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।

बीमा समितिको निर्देशन बमोजिम आगामी  असार मसान्तभित्र एक अर्ब चुक्तापुँजी पुर्याउनका लागि कम्पनीले हकप्रद सेयरको बाटो रोजेको हो । हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ ।  हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब २८ लाख रुपैयाँ पुग्नेछ । 


 
 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *