प्रभु बैंकका ग्राहक र कर्मचारीलाई नेपाल मेडिसिटीमा १०% छुट

April 15, 2018

प्रभु बैंक लिमिटेड र ललितपुर जिल्लाललितपुर महानगरपालिका वडा नं. ११, सैंबुस्थित नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) बीच प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आइतबार भएको उक्त सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे । 

प्रभु बैंक र नेपाल मेडिसिटी बीच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम प्रभु बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) प्रदान गरिने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ । नेपाल मेडिसिटीसँगको यस सम्झौतापश्चात् प्रभु बैंकका सम्पूर्ण कर्मचारी एवं बैंकका उल्लेखित ग्राहकहरु नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) को उच्चस्तरीय स्वास्थ्य सेवा सुपथ मुल्य उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *