April 11th, 2018

नेपाल क्लियरिङ हाउस र कृषि विकास बैंकबीच सम्झौता

नेपाल क्लियरिङ हाउस लिमिटेड र कृषि विकास बैंक लिमिटेडबीच पुनः connectIPS सञ्चालन गर्ने सम्झौता भएको छ । क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

क्लियरिङ हाउसको अन्तर बैकिड भुक्तानी प्रणाली मार्फत जुनुसकै सदस्य बैक तथा ग्राहकहरुको रकम अनलाइन रकमान्तर गर्न बैंकले यसअघि नै NCHL-IPS मार्फत कार्य गर्ने सम्झौता गरिसकेको थियो । NCHL-IPS ले पुनः connectIPS integration Module तयार गरि NCHL-IPS र बैंकको ऋद्यक् को विचमा अनलाइन रकम रकमान्तर गर्ने प्रणाली तयार गरे पश्चात बैंकले connectIPS integration Module  संचालनमा ल्याउने सम्झौता गरेको हो । 

यस सम्झौता पश्चात connectIPS Module बाट बैंकले ग्राहकहरु बिच (Person to Person P2P), ग्राहक र व्यवसाय बीच (Person to Business P2B) तथा ग्राहक र सरकार (राजश्व संकलन तथा भुक्तानी गर्न) (Person to Government P2G) अनलाइन रकम रकमान्तर गर्न थप सहज बनाई बैकिङ्ग सेवालाई छिटोछरितो तथा अझ भरपर्दो बनाउन मद्दत पुग्ने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]