Friday , April 27 2018

झापाका ५५२ सहकारी स्थानीय तहलाई हस्तान्तरण

April 8, 2018

डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । प्रजिअ ऋषिराम तिवारीलगायतको उपस्थितिमा शुक्रबार आयोजित सहकारी अभिमुखीकरण सहितको कार्यक्रममार्फत जिल्लाका १५ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण गरिएको हो । 

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतलाई सहकारीको अभिलेख हस्तान्तरण गरेका थिए । डिभिजन सहकारी कार्यालयका अधिकृत दुर्गाप्रसाद न्यौपानेले नयाँ संविधान र सहकारी ऐन २०७४ को प्रावधानअनुसार यही चैत महिनाभर मात्र डिभिजन सहकारी कार्यालय अस्तित्वमा रहने भएकाले स्थानीय तहलाई अभिलेख हस्तान्तरण गरिएको बताए ।

जिल्लामा सबैभन्दा धेरै सहकारी बिर्तामोड नगरपालिकामा १३२ र सबैभन्दा कम झापा गाउँपालिकामा २१ सहकारी छन् । रासस


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *