April 8th, 2018

सेयरमा लगानी घट्दै

सर्वसाधारणको लगानी रहेको यस्ता फण्डहरूले मुद्दती निक्षेप र सेयरमा लगानी गर्छन् । यस्तो लगानीबाट भएको नाफाको आधारमा सेयरधनीहरूलाई प्रतिफल दिने गरिन्छ । केही समययता म्युचुअल फण्डहरूले बैङ्कको मुद्दती निक्षेपमा बढी लगानी गर्न थालेका छन् ।

गत माघ मसान्त र फागुन मसान्तमा ११ ओटा म्युचुअल फण्डहरूको सेयर लगानी हेर्दा फागुन मसान्तमा रू. ३१ करोड ६४ हजार ७९ लाख घटेको देखिन्छ । ११ ओटा म्युचुअल फण्डहरूले उक्त अवधिमा सूचीकृत र सूचीकृत नभएका सेयरमा गरेको लगानीको तुलना गर्दा यस्तो देखिएको हो । माघ मसान्तमा यी फण्डहरूले सूचीकृत र सूचीकृत हुन बाँकी सेयरमा गरी कुल रू. ५ अर्ब ९ करोड ९ लाख ८० हजार लगानी गरेका थिए भने फागुन मसान्तमा रू. ४ अर्ब ७७ करोड ४५ लाख १ हजार लगानी गरेका छन् । 

मासिक वित्तीय विवरण सार्वजनिक गरेका ११ ओटा फण्डहरूमध्ये फागुन मसान्तमा नबिल ब्यालेन्स फण्ड १ को सेयर लगानी रू. १३ करोड ७ लाख घटेको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा सूचीकृत कम्पनीहरूको दोस्रो बजारमा खरीद गरिएको सेयरलाई सूचीकृत सेयर भनिन्छ भने नेप्सेमा सूचीकृत नभएको हकप्रद तथा बोनस सेयरलाई सूचीकृत नभएको सेयर भनिन्छ । दोस्रो बजारमा खरीद गरेको कम्पनीको सेयर सूचीकृत हुन्छ भने त्यस कम्पनीले जारी गरेका सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा गरिएको लगानी सूचीकृत नहुँदासम्मकोलाई सूचीकृत नभएको लगानी भनिन्छ ।

सर्वसाधारणको लगानी रहेको यस्ता फण्डहरूले मुद्दती निक्षेप र सेयरमा लगानी गर्छन् । यस्तो लगानीबाट भएको नाफाको आधारमा सेयरधनीहरूलाई प्रतिफल दिने गरिन्छ । केही समययता म्युचुअल फण्डहरूले बैङ्कको मुद्दती निक्षेपमा बढी लगानी गर्न थालेका छन् । म्युचुअल फण्डहरूले सामान्यतया शये रमा लगानी गर्ने   भएकाले सेयर बजारमा आउने उतारचढावले यिनीहरूलाई प्रत्यक्ष असर पार्ने गदर्छ ।

निरन्तर ओरालो लागिरहेको सेयर बजारबाट जोखीम नउठाउन म्युचुअल फण्डहरूले बैङ्कको मुद्दतीमा रकम जम्मा गर्न थालेका हुन् । सेयर बजार घट्दा म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य (एनएभी) पनि घट्ने गरेको छ भने बजार बढ्दा यिनीहरूको खुद सम्पत्ति मूल्य पनि बढ्ने गरेको छ । सेयर बजार घटिरहेको बेलामा म्युचुअल फण्डहरूको एनएभी पनि घटेको छ । ११ म्युचुअल फण्डमा चारओटाले मुद्दतीमा निक्षेप राखेका छैनन् । बाँकी सातओटा फण्डले निक्षेपमा लगानी गरेका छन  । मद्दुती निक्षपे मा लगानी नगगर्ने लक्ष्मी भ्यालू फण्ड–१, एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड–१, एनएमबी हाइब्रिड फण्ड एल–१ र सिटिजन्स म्युचुअल फण्ड १ छन् ।

धितापेत्रमा सबभैन्दा बढी लगानी  गर्नेमा एनआईबीएल समृद्धि फण्ड–१ रहेको छ । यो फण्डको फागुन मसान्तसम्म सेयर लगानी रू. ८५ करोड ३६ लाख पुगेको छ भने मुद्दती रू. १० करोड र मौज्दात रू. १८ करोड १९ लाख छ । यो फण्डको एनएभी रू. ११ दशमलव ५९ छ । माघ महीनामा उसको एनएभी रू. १२ दशमलव २ थियो । धितोपत्रमा न्यून रकम लगानी गर्नेमा सिटिजन्स म्युचुअल फण्ड १ छ । हालै सञ्चालनमा आएको हुनाले यस फण्डको लगानी कम देखिएको हो । यस म्युचुअल फण्डको मौज्दात रू. २८ करोड १२ लाख छ भने मुद्दती निक्षेपमा लगानी गरेको छैन । यो फण्डको एनएभी रू. ९ दशमलव ९८ पुगेको छ । जम्मा १० दिनमा उसले धितोपत्रमा रू. १ लाख ११ हजारबराबरको लगानी गरेको थियो । २०७४ फागुन २० देखि सञ्चालनमा आएको यो फण्डको सातवर्षे योजना छ । आर्थिक अभियानमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]