April 3rd, 2018

नेपाल क्लियरिङ्ग हाउसकोे अध्यक्षमा झलक शर्मा आचार्य चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो ११० औँ संञ्चालक समितिको बैठकबाट झलक शर्मा आचार्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । आचार्य नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संञ्चालक समितिमा प्रतिनिधित्व गर्छन् । उनी हाल नेपाल राष्ट्र बैंक, बैंकिङ्ग अफिस थापाथलीका कार्यकारी निर्देशक छन् । 

कम्पनीको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक लगायत, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक/एक जना प्रतिनिधि रहेका छन् । 

कम्पनीले हाल सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट खिचिएका चेकहरु (NCHL-ECC) प्रणाली मार्फत र ग्राहकको खाताबाट सिधै भुक्तानी लिन/दिन मिल्ने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) संञ्चालन गर्दै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]