April 1st, 2018

फागुन महिनामा म्युचुअल फन्डको अवस्था

नबिल इक्विटी फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य ८.६६
नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल इक्विटी फन्डको फागुन महिनामा प्रतिइकाइ खुद सम्पत्ति मूल्य रू. ८ दशमलव ६६ पुगेको छ । गत महिना यस योजनको प्रतिइकाइ खुद मूल्य रू. ९ दशमलव शून्य ८ रहेको थियो । यस योजनाले फागुन महिनामा १६ करोड २९ लाख रुपैयाँ कुल नोक्सानी व्यहोरेको छ । सो महिनामा यस योजनाले २ करोड ३ लाख २७ हजार ब्याज आम्दानी गरेको छ ।

ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य ८.८२
ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना–१ को फागुन महिनामा प्रतिइकाइ खुद सम्पत्ति मूल्य रू. ८ दशमलव ८२ पुगेको छ । अघिल्लो महिना (माघ मसान्त)मा यो मूल्य रू. ९ दशमलव ३८ रहेको थियो । सो अवधिमा यस योजनाको कुल नाफा ६ करोड ५५ लाख ९४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिमा यस योजनाको प्राप्त नभइसकेको आम्दानी १६ करोड रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिसम्म यस योजनाले ५८ करोड ४८ लाख रुपैयाँ सूचीकृत धितोपत्रमा लगानी गरेको छ ।

एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को प्रतिइकाइ खुद मूल्य १३.१७
एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को फागुन महिनामा प्रतिइकाइ खुद मूल्य रू. १३ दशमलव १७ पुगेको छ । माघ मसान्तमा यस योजनको प्रतिइकाइ खुद मूल्य १३ दशमलव ६७ रहेको थियो । सो अवधिमा यस योजनाको कुल व्यय १० करोड १४ लाख ६६ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा योजनाको प्राप्त नभइसकेको आम्दानी १५ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिसम्म यस योजनाले ४५ करोड २५ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ ।

सिटिजन्स म्युचुअल फन्ड–१ को प्रतिइकाइ खुद मूल्य ९.९८
सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ को फागुन महिनामा प्रतिइकाइ खुद मूल्य रू. ९ दशमलव ९८ पुगेको छ । सो अवधिमा यस योजनाको कुल व्यय १६ लाख ४५ हजार रुपैयाँ रहेको छ । सो अवधिसम्म यस योजनाले १ लाख ११ हजार रुपैयाँ सार्वजनिक निष्कासनमा लगानी गरेको छ भने ५३ करोड स्थिर आय उपकरणमा लगानी गरेको छ ।

सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाइ खुद मूल्य ९.९७
सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फन्डको फागुन महिनामा प्रतिइकाइ खुद मूल्य रू. ९ दशमलव ९७ पुगेको छ । अघिल्लो महिना (माघ मसान्त)मा यो मूल्य रू. १० रहेको थियो । सो अवधिमा यस योजनाको कुल आय ५१ लाख ४७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । प्राप्त नभइसकेको आम्दानी ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्राप्त भएको आम्दानी १ करोड ७७ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्म यस योजनाले १८ करोड ६ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ ।

सानिमा इक्विटी फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य ९.८८
सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको फागुन महिनामा प्रतिइकाइ खुद सम्पत्ति मूल्य रू. ९ दशमलव ८८ पुगेको छ । गत महिना यस योजनाको प्रतिइकाइ खुद मूल्य रू. ९ दशमलव ९६ रहेको थियो । यस योजनाको फागुन महिनामा कुल व्यय १ करोड ६१ लाख रुपैयाँ रहेको छ । सो महिनामा यस योजनाले सूचीकृत सेयरमा १६ करोड ३७ लाख ७८ हजार रुपैयाँ लगानी गरेको छ ।

सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ खुद मूल्य ११.५६
सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको फागुन महिनामा प्रतिइकाइ खुद मूल्य रू. ११ दशमलव ५६ पुगेको छ । अघिल्लो महिना (माघ मसान्त)मा यो मूल्य रू. १२ दशमलव २६ रहेको थियो । सो अवधिमा यस योजनाको कुल आय १३ करोड ४८ लाख ४४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । प्राप्त नभइसकेको आम्दानी २२ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्राप्त भएको आम्दानी ११ करोड १० लाख रुपैयाँ रहेको छ । सो अवधिसम्म यस योजनाले ७० करोड २९ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ ।

लक्ष्मी इक्विटी फन्डको प्रतिइकाइ खुद मूल्य ८.८१
लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डको फागुन महिनामा प्रतिइकाइ खुद मूल्य रू. ८ दशमलव ८१ पुगेको छ । अघिल्लो महिना (माघ मसान्त) मा यो मूल्य रू. ९ दशमलव १५ रहेको थियो । सो अवधिमा यस योजनाको कुल व्यय १४ करोड ६५ लाख ४६ हजार रुपैयाँ रहेको छ । सो अवधिसम्म यस योजनाले ६१ करोड ८५ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ ।

लक्ष्मी भ्यालु फन्ड–१ को प्रतिइकाइ खुद मूल्य १०.८७
लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फन्ड– १ को फागुन महिनामा प्रतिइकाइ खुद मूल्य रू. १० दशमलव ८७ पुगेको छ । अघिल्लो महिना (माघ मसान्त)मा यो मूल्य रू. ११ दशमलव २१ रहेको थियो । सो अवधिमा यस योजनाको कुल आय ४ करोड ५९ लाख ७ हजार रुपैयाँ रहेको छ । सो अवधिसम्म यस योजनाले ३३ करोड १० लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ ।

एनआइबिएल प्रगति फन्डको प्रतिइकाइ खुद मूल्य ८.१५
एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआइबिएल प्रगति फन्डको फागुन महिनामा प्रतिइकाइ खुद मूल्य रू. ८ दशमलव १५ पुगेको छ । अघिल्लो महिना (माघ मसान्तसम्ममा) यस योजनाको प्रतिइकाइ खुद मूल्य रू. ८ दशमलव ७३ रहेको थियो । फागुन महिनामा यस योजनाको कुल व्यय १४ करोड २४ लाख रुपैयाँ रहेको छ । प्राप्त नभइसकेको आम्दानी १५ करोड ३४ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्म यस योजनाले ५२ करोड ५४ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ ।

एनआइबिएल समृद्धि फन्ड–१ को प्रतिइकाइ खुद मूल्य ११.५९
एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआइबिएल समृद्धि फन्ड–१ को फागुन महिनामा प्रतिइकाइ खुद मूल्य रू. ११ दशमलव ५९ पुगेको छ । अघिल्लो महिना (माघ मसान्त)मा यो मूल्य रू. १२ दशमलव २० रहेको थियो । सो अवधिमा यस योजनाको कुल आय १५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्राप्त नभइसकेको आम्दानी २५ करोड ६४ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्म यस योजनाले ७८ करोड ३० लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ ।

एनएमबी हाइब्रिड फन्ड एल–१ को प्रतिइकाइ खुद मूल्य १०.२०
एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबी हाइब्रिड फन्ड एल–१ को फागुन महिनामा प्रतिइकाइ खुद मूल्य रू. १० दशमलव २० पुगेको छ । अघिल्लो (माघ) महिनामा योजनाको प्रतिइकाइ खुद मूल्य १० दशमलव ३४ रहेको थियो । सो अवधिमा यस योजनाको कुल आय २ करोड ९८ लाख ४६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा योजनाको प्राप्त नभइसकेको आम्दानी ६ करोड ७७ लाख ८४ हजार रुपैयाँ ऋणात्मक र प्राप्त भइसकेको आम्दानी ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्म यस योजनाले २५ करोड ५८ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ ।

नबिल ब्यालेन्स्ड फन्ड–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य १७.८०
नबिल ब्यालेन्स्ड फन्ड–१ को फागुन महिनामा प्रतिइकाइ खुद सम्पत्ति मूल्य रू. १७ दशमलव ८० पुगेको छ । गत मासिक मसान्तसम्म यस्तो मूल्य रू. १८ दशमलव शून्य तीन रहेको थियो । यस योजनाले फागुन महिनामा १४ करोड ५७ लाख रुपैयाँ कुल नोक्सानी व्यहोरेको छ । सो अवधिमा योजनाको प्राप्त भइनसकेको नोक्सानी ३६ करोड ८१ लाख ३१ हजार रुपैयाँ रहेको छ । नयाँ पत्रिकामा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]