March 23rd, 2018

बैंकिङ कारोबारमाथि राष्ट्र बैंकको कडा निगरानी, संकास्पद कारोबार घट्दै

बैंकिङ खबर । पछिल्लो समय बैंक मार्फत भइरहेको कारोबारमाथि राष्ट्र बैंकले कडा निगरानी गरिरहेको छ ।
राष्ट्र बैंकको निगरानीका कारण संस्कास्पद कारोबार पनि घट्दै गइरहेको छ । राष्ट्र बैंक अन्र्तगतको वित्तिय जानकारी इकाइ(एफआईयु)ले त्यस्ता संकास्पद बैंकिङ कारोबारको सुक्षम रुपले निगरानी गर्दै आएको छ । जसका कारण त्यस्ता कारोबारहरु क्रमशः घट्दै गएका छन् । सो इकाइले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३÷७४ असार मसान्तसम्मको वार्षिक प्रतिवेदन अनुसार  १ हजार ५३ वटा बैंकिङ कारोबार संस्कास्पद भएको देखिएको छ । अघिल्लो वर्ष त्यस्तो संस्कास्पद कारोबार १ हजार ५ सय ८९ वटा थिए । अघिल्लो वर्षको तुलनामा गत असारसम्म ५ सय ४५ वटा संस्कासपद कारोबार घटेको तथ्यांकमा देखिएको छ ।

भारतीय नाकाबन्दीताका कारण त्यसताका धेरै जसो क्यासमा कारोबार भएको थियो । साथै त्यसताका भारुको पनि अवैद्य कारोबार भएको थियो । त्यसपछिका समयमा सामस्या समाधान हुँदै गएपछि संकास्पद कारोबारमा पनि कमी आएको राष्ट्र बैंकको भनाई छ । संंस्कास्पद बैंकिङ कारोबार न्युनिकरणका लागि राष्ट्र बैंकले विभिन्न व्यवस्थाहरु गरिरहेको तथा अनुसन्धानमा थप कडा गरेको राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए । उनले भने,‘संकास्पद कारोबार कम गर्न राष्ट्र कडा रुपमा प्रश्तुत हुन्छ ।’

आर्थिक वर्ष २०७१÷७२ मा संस्कास्पद कारोबारको संख्या ५ सय १२ थियो । इकाइको तथ्यांक अनुसार ८ सय १५ वटा कारोबारहरु अनुसन्धान भइसकेका छन् । त्यसैगरी,३ सय ९१ वटा कारोबार अरु कारोबारको तुलनामा बढी संवेदनशील भएकाले तथ्यांक संबन्धीत निकायमा थप अनुसन्धानका लागि पठाएको इकाइले जनाएको छ । अघिल्लो वर्ष बढी संवेदनशील कारोबारको संख्या १ सय ३८ वटा थियो । त्यस्तै,५ सय १३ वटा कारोबारलाई भने स्थगित गरिएको छ । संका गरिएको कुनै पनि कारोबारमा अनुसन्धानका क्रममा कैफियत नभेटिएका कारोबारहरु स्थगित हुने एफआइयुले जनाएको छ ।

बैंकिङ प्रणलीबाट नगद कारोबार हुँदा अवैद्य क्रियाकलाप बढेको आशंका गर्दै राष्ट्र बैंकले गत साउन १ देखि नै १० लाख रुपैँया भन्दा बढीको कारोबार गर्न चेक मार्फत गर्नुपर्ने नियम लागु ग¥यो । हरेकदिन बैंक तथा वित्तिय संस्थाहरुले १० लाख भन्दा बढीको कारोबारको स्रोत र कारोबार गर्नेको विवरण सो इकाइमा पठाउनु पर्ने व्यवस्था छ । त्यसैगरी, शेयर कारोबार गर्ने शेयर दलाल(ब्रोकर) कम्पनीहरुले पनि १० लाख रुपैँया भन्दा बढी कारोबारको विवरण सो इकाइमा बुझाउनुपर्छ । साथै सो इएकाइले बढी संवेदनशील भएका कारोबारहरु प्रकृति अनुसार संम्पत्ति सुद्धिकरण विभाग,राजश्व विभाग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो(सिआइबी) लगायतका संबन्धीत विभागमा पठाउने गर्छ ।

आतंककारी गतिविधी र अन्य अपराधिक घटनामा प्रयोग हुने अवैद्य कारोबारलाई निर्मलीकरण गर्न गठित सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग क्रियाशील छ । राष्ट्र बैंक अन्र्तगतको वित्तिय इकाइले पनि प्राप्त कारोबारहरुको विवरणबाट यस्तो अध्ययन तथा अनुसन्धान गर्दै आएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]