May 13th, 2016

प्रभु बैँकको नाफा ७५ करोड नाघ्यो

prabhu bankग्राण्ड बैंकलाई गाभेपछिको पहिलो त्रैमास अर्थात चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा प्रभु बैंकको खुद नाफा ३५ करोडले बढेको छ । ग्राण्डलाई गाभ्नुअघि दोस्रो त्रैमासमा प्रभुको खुद नाफा ४० करोड रहेकोमा ग्राण्ड गाभिएपछि ७५ करोड नाघेको हो । तर गत बर्षको तेस्रो त्रैमासको तुलनामा भने प्रभुको खुद नाफा ६ करोड बढी हो । 

आम्दानी र खुद नाफामा ब्यापक बढोत्तरी भएको प्रभुको प्रति शेयर आम्दानी १९ रुपैयाँ हाराहारीमा छ । बैंकको ब्याज देखिएको छ । बैँकको ५९ करोड जगेडा कोषमा र १८ करोड कर्जा जोखिम कोषमा राखिएको छ । नियमित कारोबारतर्फ शुल्क, कमिशन र छुट, संचालन आय र बिदेशी मुद्राको कारोबारमा पनि बैंकले नाफा बढाएको छ । ग्राण्ड बैंक गाभिएपछि कर्मचारी र संचालन खर्च पनि उल्लेखनीय रुपमा बढेको छ ।

चुक्ता पूँजी ५ अर्ब २३ करोड पुगेको छ भने निक्षेप ४७ अर्बबाट ५४ अर्ब र कर्जा प्रबाह ३१ अर्बबाट बढेर ४४ अर्ब नाघेको छ । प्रभुको जगेडा कोष ९० करोड धनात्मकबाट १७ करोड घाटामा गएको छ । त्यसैगरी प्रभुको निष्क्रिय कर्जा अुनपात ५ बाट दोब्बर अर्थात १०.०४ प्रतिशतमा उक्लिएको छ । तर गत बर्षको तेस्रो त्रैमासको तुलनामा प्रभुको निस्क्रिय कर्जा अनुपात केही घटेको देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]