March 17th, 2018

बैंक तथा वित्तीय संस्थामा कर्मचारी व्यवस्थापन–एक नयाँ चुनौती

राम किशोर मेहता । बैंक तथा वित्तीय संस्था एक सेवा प्रदान गर्ने संस्था भएकोले यस्तो सस्थांमा मानवश्रोतको व्यवस्थापन अति नै महत्वपुर्ण हुन्छ । कुनै पनि बैंकमा मानवश्रोत व्यवस्थापन र जोखिम व्यवस्थापन प्रमुख चुनौतिको रुपमा रहेको हुन्छ । व्यवस्थापनले मानवश्रोत व्यवस्थापन र जोखिम व्यवस्थापन कसरी गर्दछ भन्ने कुराले बैंकको सफलता वा असफलता निर्धारण गर्दछ । दक्ष तथा अनुभवी कर्मचारीको अभावमा जोखिमको औचित्यपुर्ण व्यवस्थापन हुन सक्दैन । 

बैंक सदैव “मानिसको व्यव्साय” को रुपमा रहदै आएको छ । बैंकले निक्षेपमा प्रदान गर्ने व्याज दर र कर्जामा असुल गर्ने व्याज दर महत्वपुर्ण भए पनि कुनै पनि ग्राहकले कुनै बैंकको सेवा लिन चाहनुमा अरु धेरै महत्वपुर्ण कारणहरु पनि रहेको हुन्छ । यस्ता धेरै कारणहरु मध्ये एउटा कारण चाहिँ बैंकको कर्मचारीहरुले ग्राहकसंग गर्ने व्यवहार तथा काम गर्ने कला पनि हो । बैंकले जहिले पनि आफुलाई अरु बैंकको भन्दा फरक देखाउने प्रयत्न गरिरहनु पर्दछ । बैंकले ग्राहक पाउनको लागी कार्यदक्षता तथा पार्दशिता संग कुनै सम्मmौता नगरिकन एक फरक इमेज बनाउन सक्नु पर्दछ । आजको यो प्रतिशपर्धाको जामानामा ग्राहको संतुष्टी नै बैंकको सफलताको प्रमुख आधारको रुपमा देखा पर्न थालेको छ । ग्राहकलाई सन्तुष्ट पार्न सक्ने गुण बैंकको अन्य श्रोत तथा साधनमा नभई मानवश्रोतमा रहेको हुन्छ । तसर्थ, मानवश्रोतको उचित व्यवस्थापन नै बैंकको सफलताको आधार हो भन्दा अत्योक्ति नहोला । 

हाम्रो देशमा बैंकमा काम गर्न सक्ने दक्ष जनशक्तिको अभाव महशुस हुन थालेको छ । देशको प्रत्येक स्थानीय निकायमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा स्थापना गर्ने सरकारको लक्ष्य रहेकोले आउने दिनमा वाणिज्य बैंकहरुको शाखा बढने निश्चित छ । वाण्ज्यि बैंकहरुले शाखाको विस्तार गर्नको लागि थप कर्मचारीहरु भर्ना गर्नुपर्ने भएकोले आउने दिनमा बैंकमा काम गर्ने दक्ष जनशक्तिको माग बढने निश्चित छ । तसर्थ, आपुर्तिको तुलनामा मांग बढी भएकोले मानवश्रोतको व्यवस्थापन अझ महत्वपुर्ण हुन जान्छ ।

एकातिर बैंकहरुको शाखामा वृद्धि हुनु, पुरानो कर्मचारीहरुको अवकाश हुनु, बैंकमा काम गरिरहेको कर्मचारीहरुले अन्य संस्थाहरु जस्तै विमा कम्पनी, कर्मचारी संचयकोष, अख्तियार आयोग ईत्यादीमा सजिलै मौका पाउनुले के देखाउदंछ भने व्यवस्थापनले कर्मचारीको उचित संरक्षण तथा समय सापेक्ष प्रर्वधन गर्न सकेन भने कर्मचारीलाई संस्थामा टिकाई राख्न ठुलो चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

कुनै पनि बैंकको व्यवस्थापनले आउने दिनमा कर्मचारीको कसरी व्यवस्थापन गर्ने सम्बन्धमा गर्नुपर्ने पहिलो काम हो योजना बनाउनु । योजना विना कर्मचारीको उचित व्यवस्थापन सम्भव हुन सक्दैन। देशमा नंया संविधान जारी भईसकेको अवस्था तथा वाम गठवन्धनको नेतृत्वमा बनेको अहिलेको सरकारले आफनो अवधि भरि शासन गर्ने कुरा निश्चित भएको सन्र्दभमा देशको आर्थिक गतिविधि बढने तथा जनताको आयमा सुधार आउने आशा गरिएकोले बैंकको संरचनामा पनि परिवर्तन गर्नुको साथै सोहि अनुसारको कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकोले बैंकले कर्मचारी व्यवस्थापनको सम्बन्धमा योजना बनाउन आवश्यक हुन जान्छ । 

बैंकले योजना बनाउँदा निम्न कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।
कस्तो प्रकारको जनश्क्ति चाहिने हो ?
कुन तहको लागी चाहिने हो ?
कर्मचारीले गर्ने भनिएको कामको लागी कति शैक्षिक योग्यता आवश्यक हो ? इत्यादी ।

बैंकले योजना तर्जुमा गरिसके पछि कामको प्रकृति अनुसारको उचित प्रकारको कर्मचारी भर्ना गर्नु पर्दछ । कर्मचारी भर्ना गर्दा न्यून्तम शैक्षिक योग्यता हासिल गरेको सम्पुर्ण वर्ग, भुगोल, समुदाय, लैंगिक अल्पसंख्यक इत्यादीको प्रतिनिधित्व हुने गरि देशको प्रचलित नियम तथा कानुन संगत हुने गरि कर्मचारीहरुको भर्ना गर्नुपर्दछ । बैंकको शाखाहरु अति कम विकशित तथा दुर्गम क्षेत्रमा समेत खोल्नु पर्ने भएकोले शहरमा बसेर मात्र काम गर्ने भन्दा पनि बैंकले खटाएको ठांउमा गएर  काम गर्ने कर्मचारी भर्ना गर्नु आजको आवश्यकता हो। बैंकमा काम गर्न अति नै लगनशिल हुनुपर्ने भएकोले हाम्रोलाई भन्दा राम्रोलाई मौका दिनु पर्दछ । बैंकको तल्लोतहमा मात्र भर्ना नगरिकन बैंकको आवश्यकता तथा उम्मेदवारको कार्यक्षमता हेरर माथिल्लो तहमा पनि कर्मचारीको भर्ना गर्नुपर्दछ । नेपालको बैंकिङ क्षेत्रको अहिलेको चुनौति भनेको नै अनुभवी कर्मचारीलाई कसरी संस्थामा टिकाई राख्नुपर्ने भएकोले यदि अरु संस्थाले आफनो अनुभवी कर्मचारी लग्न सक्छ भने आफु पनि माथिल्लो तहमा भर्ना गर्ने भनी अरु संस्थाको अनुभवी कर्मचारीलाई ल्याउन पछि पर्नु हुँदैन ।

बैंकमा कर्मचारीको भर्ना पश्चात कर्मचारीलाई तालिमको आवश्यकता महशुस हुन्छ किनभने संस्थामा पहिले देखि नैे चलनमा रहेको संस्कृती तथा अन्य प्रविधिहरुको बारेमा नंया कर्मचारीहरु अनविज्ञ हुन्छ । बैंकले कर्मचारीलाई दिने तालिम आवश्यकताको आधारमा दिनु पर्दछ । कर्मचारीले पाएको एक पल्टको तालिमले उ सधैं भरि उतिनै दक्ष तरिकाले काम गर्न सक्छ भन्ने नभएकोले कामको प्रकृति हेरि एउटै कर्मचारीले पटक पटक तालिम लिनु पर्ने अवस्था सृजना हुन सक्दछ । कर्मचारीलाई तालिममा पठाउंदा सम्वन्धित कर्मचारीलाई नै पठाउनु पर्दछ । शाखा प्रबन्धकले आफुले मनपराएको कर्मचारीलाई नै पटक पटक विभिन्न तालिममा पठाईरहेको भन्ने गुनासो अन्य कर्मचारीहरुले गरेको पाईएकोले सबै कर्मचारीलाई समय सापेक्ष तालिमको व्यवस्था गर्नु बैंकको कर्तव्य हो ।

कार्यसम्पादन व्यवस्थापन
कार्यसम्पादन व्यवस्थापन कुनै पनि संस्थाको मानवश्रोत व्यवस्थापनको प्रमुख अंगको रुपमा रहेको हुन्छ । कुनै पनि संस्थामा काम गर्ने सम्पुर्ण कर्मचारीहरु उतिनै दक्ष तरिकाले काम गर्ने तथा उत्प्रेरित भएर काम गर्ने प्रकारको हँुदैन । सामान्यतयाः २० प्रतिशत उच्च कार्यसम्पादक वर्गमा पर्ने कर्मचारी हुन्छ र बाँकी औसत तथा औसत भन्दा पनि कम कार्यसम्पादक वर्गमा पर्ने कर्मचारी हुन्छ । बैंकको व्यवस्थापनले जहिले पनि उच्च कार्यसम्पादक वर्गमा पर्ने कर्मचारीहरुलाई नै लक्षित गरि विभिन्न किसिमको तालिम तथा अन्य कार्यक्रमहरुको योजना तर्जुमा गर्ने गर्दछ । यसले गर्दा कर्मचारीहरुको कार्यसम्पादन क्षमता को दुरी अमm फराकिलो हुदै गईरहेको हुन्छ । फलस्वरुप, केहि प्रतिशत कर्मचारीले जति नै उच्च मनोबलको साथ कार्यसम्पादन गरे पनि बैंकको समग्र कार्यसम्पादनले आफनो लक्ष्य पुरा गर्न सक्दैन। यसरी बैंक आफनो अन्य प्रतिशपर्धी भन्दा पछि पर्न जान्छ । 

बैंकको संचालक समिति र कर्मचारी युनियन बैंकको मानवश्रोत व्यवस्थापनको प्रमुख दुई स्टेकहोल्डरहरु हुन । तर, के बैंकको संचालक समितिको सदस्यहरुले कर्मचारीहरुको समस्या सुन्न तथा त्यसको सामाधान गर्नको लागी समय दिन सक्नु भएको छ ? बैंकको एउटा विभागिय प्रमुखको मातहतमा रहेको मानवश्रोत व्यवस्थापन विभाग निकै नै अस्तव्यस्त रहने गरेको पाईएको छ । 

एउटा मानवश्रोत व्यवस्थापन विभागको विभागिय प्रमुखले बैंकको प्रचलित नियम तथा विनियममा उल्लेखित प्रावधानहरुको उल्लंघन गरि कर्मचारीको सरुवा तथा बढुवा गरेको अवस्थामा बैंकलाई अनपेक्षित रुपमा आर्थिक नोक्सानी हुन सक्छ । तर्सथ, बैंकको प्रचलित विनियममा भएको व्यवस्थालाई वेवास्ता गरि गरेको सरुवा तथा बढुवाले अन्य निर्दोष कर्मचारीलाई समेत विभिन्न प्रकारको दुखः कष्ट झेल्नु पर्दछ । कर्मचारी युनियनको माथिल्लो पदाधिकारीहरुले पनि मानवश्रोत व्यवस्थापनको सम्बन्धमा उचित निर्णय गर्नको लागि बैंकको व्यवस्थापनलाई दवाव दिनुपर्ने हुन्छ ।

तसर्थ, बैंकको व्यवस्थापनले अन्य श्रोत तथा साधनको जस्तै व्यवस्थापन नगरेर एक फरक तथा समय सापेक्ष तरिकाले मानवश्रोतको व्यवस्थापन गर्न सकेमा मात्र बैंकको कार्यसम्पादन उच्च भई बैंकको पुर्व निर्धारित लक्ष्य पुरा हुन सक्छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]