March 16th, 2018

बैंकिङ कसुरका घटना हरेक बर्ष बढ्दो

कमला अर्याल / काठमाडौं, बैंकिङ कसुरका घटना प्रत्येक दिन बढ्दै गइरहेको छ । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार हरेक वर्ष बैंकिङ कसुरका घटनाहरू बढिरहेका छन् । हालसम्म ४५ वटा बैंकिङ कसुरका घटना भएका छन् । यस्तो कसुरमा ११६ जनालाई पक्राउ गरिएको छ ।

सीआईबीले १९ अर्ब ६९ करोड ७४ लाख ९९ हजार २६६ रुपैयाँ घोटाला भएको भन्दै बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा बैंकिङ कसुरका सातवटा घटना भएका छन् । यति डेभलपमेन्ट बैंक, नेपाल बैंक, कृषि विकास बैंक (न्युरोड शाखा), सिभिल बैंक (बौद्ध शाखा), मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युट र माछापुच्छे« बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरू बैंकिङ कसुरमा परेका छन् ।

यो अवधिमा बैंकिङ कसुरमा सात जना पक्राउ परेका छन् । यी संस्थाहरूको कसुरमा सीआईबीले २१ करोड ६२ लाख ९७ हजार १५६ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको थियो । गत वर्ष पनि बैंकिङ कसुरका सातवटा घटना भएका भएका थिए । उक्त अवधिमा १४ जना पक्राउ परेका छन् । त्यसैगरी, आर्थिक वर्ष २०७१÷७२ मा पनि सातवटा बैकिङ कसुरका घटना भएका छन् । यस अवधिमा सिभिल बैंक, हामा मर्चेन्ट एन्ड फाइनान्स, बुटवल फाइनान्स, पिपल्स फाइनान्स ,एनआई, डिसी क्यापिटल मार्चेट्स, कृषि विकास बैंक लगनखेल र स्वयम्भू शाखा, नारायणी डेभलपमेन्टलगायतका बैंक तथा वित्तीय संस्थाहरू बैंकिङ कसुर गरी कारबाहीमा परेको सीआईबीले जनाएको छ ।

यी वित्तीय संस्थाको कसुरमा १ अर्ब ५९ करोड ३८ लाख ३० हजार ९८१ रुपैयाँ बिगो दाबी गरेको सीआईबीले जनाएको छ । यी बैंकका कसुरमा सीआईबीले २८ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । आर्थिक वर्ष २०७१÷७२, २०७३÷७४, २०७४÷७५ मा बैकिङ कसुरका सबैभन्दा बढी घटना भएका छन् ।

हरेक दिन बैंकिङ कसुरका घटना बढ्दै गइरहेका छन् । जसका कारण सीआईबीले आफ्नो सक्रियता बढाएको छ । सीआईबीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले पछिल्लो समय मानिसमा रातारात धनी बनौं भन्ने मानसिकताले बैंकिङ कसुरका घटनाहरू बढ्दै गएको बताए ।

अनुत्पादक मानिएका घरजग्गा तथा सेयरजस्ता क्षेत्रमा कर्जा लगानी गर्दा कतिपय मानिस फसेको नायब उपरीक्षक ओलियाको तर्क छ । उनले भने, ‘सम्पत्ति कमाउन बढी महŒवाकांक्षी योजना बनाउने, सफल हुन नसकेपछि बैंकिङ कसुरमा तानिने घटना हरेक दिन बढेका छन् ।’

बजारमा आफंै काम गर्ने बैंकलाई नै विभिन्न बहानामा ठगी गर्ने प्रवृत्ति बढेको सीआईबीको ठम्याइ छ । आफ्नै बैंकका कर्मचारीले ठगी गर्ने क्रम बढेकाले बैंकिङ क्षेत्र असुरक्षित बन्दै गएको अनुसन्धानले देखाएको छ ।

 

आर्थिक वर्ष                मुद्दा               पक्राउ संख्या

२०६७÷६८                      ४                            ७

२०६८÷६९                      ४                            १४

२०६९÷७०                      ६                            २४

२०७०÷७१                       ४                            १५

२०७१÷७२                       ७                            २८

२०७२÷७३                        ६                           १९

२०७३÷७४                        ७                            २३

२०७४÷७५                        ७                            २६

राजधानी दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]