May 12th, 2016

एनबी इन्स्योरेन्सको नाफा २ करोड २० लाख

nbनिजि क्षेत्रको निर्जीवन बीमा कम्पनी एन.बी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासमा २ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत बर्षको सोही अवधिमा कम्पनी ५ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।

कम्पनीले जगेडा कोषमा ६ करोड ७ लाख रुपैयाँ र बीमा कोषमा ४ करोड ७८ लाख रुपैयाँ राखकोे छ । कम्पनीको आम्दानी साढे ३ गुणाले बढेर२ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने खर्च २८.६९ प्रतिशतले घटेर ६७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा ५ करोड ९५ लाख रुपैयाँ बराबरको बीमा शुल्क (खुद) आर्जन गरेको छ । कम्पनीले यस अबधिमा २ करोड १ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले यस अबधिमा १४ हजार ५ सय ४८ वटा बीमा लेख जारी गरेको छ भने २ सय ९४ वटा दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी वार्षिक १२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७२.८९ रुपैयाँ रहेको छ । त्यस्तै प्रति शेयर कुल सम्पत्तीको मुल्य २३.२१ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]