Monday , May 21 2018

अर्थमन्त्रीसमक्ष सेयर लगानीकर्ताका १६ बुँदे माग

March 13, 2018

बैंकिङ खबर । सेयर लगानीकर्ताले अर्थमन्त्रीसमक्ष १६ बुँदे माग राखेका छन् । पुँजी बजार निरन्तर ओरालो घटेपछि नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्रीलाई भेटी पूँजीबजारको विकास र विस्तारका लागि विभिन्न १६ बुँदे माग राखेका हुन् । फोरमले अर्थमन्त्री समक्ष राखेका १६ मागहरु इसप्रकार छन् :

  • सम्झौता गरिएको अवधी भित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागु गर्ने ।
  • ब्रोकरको संख्या तथा क्षेत्रधिकार विस्तार गरी आस्वामा आवद्ध वाणिज्य बैंकहरुमार्फत सेयर कारोबार गर्ने सूविधा विस्तार गर्ने । 
  • गैर आवशीय नेपालीहरुलाई पूँजी बजारमा प्रवेश गराउनका लागि आवश्यक कानूनहरुको निर्माण गर्ने । 
  • धितोपत्र बोर्ड, नेप्से सिडिएससि लगायतका निकायहरुमा क्षमता अभिवृद्धि गरी पूर्वाधार तथा प्रविधिमैत्री बनाउने । 
  • नेप्सेको संरचनागत सूधार र नयाँ स्टक एक्सचेन्ज स्थापनाको लागि तत्काल कार्य अगाडी बढाउने । 
  • ब्रोकर सेवा शुल्क तथा ब्रोकरको प्रवेश र वर्हिगमनलाई अन्तराष्ट्रिय स्तरमा प्रचलित मान्यता अनूरुप बनाउने । 
  • सेयर कर्जामा लगाईएको पूँजीगत जोखीमको भार १०० प्रतिशतमा झार्ने ।
  • सोयर धितो कर्जामा कर्जाको सिमा बजार मूल्यको ७० प्रतिशत पुर्याउने । 
  • ब्रोकर मार्फत सेयर धितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्काल कार्यान्वयनमा ल्याउने ।
  • सेटलमेन्ट ग्यारेन्टी फन्डसँग सम्बन्धित ऐन नियम तत्काल निर्माण गरि कार्यान्वयन गर्ने ।
  • मार्केट मेकर र धितोपत्र ब्यापारीलाई छिटोभन्दा छिटो हालको बजारमा प्रवेश गर्ने वातावरण बनाउने । 
  • सर्ट सेलिङ्ग, अन्तर दिन कारोबारको व्यवस्था गरी चाँडोभन्दा चाँडो लागू गर्ने व्यवस्था मिलाउने । 
  • हल कायम ३ दिनको राफसाफलाई १ दिन वा कारोबार सकिएको २४ घण्टाभित्र हुने व्यवस्था मिलाउने । 
  • सूचीकृत कम्पनीहरुले प्रदान गर्ने बोनस शेयर बार्षिक साधारणसभा सम्पन्न भएको ७ दिन र हकप्रद शेयर बाँडफाँडको भएको ७ दिनभित्र सूचिकृत गर्ने ब्यवस्था गर्ने ।
  • डेबेञ्चर तथाबोण्ड मार्केटलाई ब्यबस्थीततथा तरल बनाउने ।
  • फाईनान्सीयल डेरिभेटिभको कारोबार संचालनमा ल्याउने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.