May 12th, 2016

ओरिएन्टल इन्स्योरेन्सको नाफा १३ करोड ३ लाख

orientalनिजि क्षेत्रको निर्जीवन बीमा कम्पनी ओरिएन्टल इन्स्योरेन्सले तेस्रो त्रैमासमा १३ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत वर्ष तुलनामा ४७.७२ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ८१ लाख रुपैयाँ मुनाफा कमाएको थियो । 

कम्पनीको जगेडा कोषमा २२ करोड १३ लाख रुपैयाँ र बीमा कोषमा २९ करोड ८० लाख रुपैयाँ राखिएको छ । कम्पनीको आम्दानी ४.१९ प्रतिशतले बढेर १४ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने खर्च ६७.२७ प्रतिशतले घटेर १ करोड ८७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) ४४ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ भने ४९ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले यस अबधिमा ९ हजार ८ सय १२ वटा बीमालेख जारी गरेको छ । त्यस्तै २ हजार ८ सय १२ वटा दाबी भुक्तानी गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]