March 13th, 2018

एनआइसि एसिया बैंकको उच्च व्याजदर चैत २ गतेसम्म लागु हुने

एनआइसि एसिया बैंकले एक विज्ञप्ति जारी गरी ग्राहक बर्गलाई आफूले दिन चाहेको व्याजदर सेवामा बैंकर्स संघले अबरुद्ध गरे पनि अन्य सेवा र सुविधामा सधै अग्रणी भूमिका खेलीरहने जनाएको छ । उसले ग्राहक महानुभावलाई चैत २ गतेसम्म तोकिएकै व्याज दिने र तत् पश्चात बाध्यताले घटाइने भन्दै सो अबधिसम्म सेवा लिन पनि अनुरोध गरेको छ । विज्ञप्तिमा एआआइसि एसिया बैंकले भनेको छ ‘छोटो समयमै बैंकलाई यस उचाईमा पु¥याउन अमुल्य योगदान पु¥याउनुहुने आम सर्वसाधारण, सेयरधनीहरु, सम्पूर्ण आदरणीय सेवाग्राहीहरु, शुभचिन्तकहरु एवं आम सञ्चार जगतमा वहाँहरु सबैले पु¥याउनु भएको सहयोगको लागि यस बैंक हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छ ।’ 

बैंकले मिति २०७४ फाल्गुन ११ देखि संचालनमा ल्याएको समुन्नती प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १ बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) अन्तर्गत यही २०७४ चैत्र २ गते शुक्रबार सम्ममात्र नयाँ खाता खोल्न सकिने छ । तत्पश्चात उपरोक्त उल्लेखित दुवै योजनाहरु बन्द गरिने जनाएको छ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]