March 12th, 2018

नेपालको बैंकिङ क्षेत्रमा नयाँ प्रविधि : कुमारी बैंकले सुरु गर्यो फिनाकल १०.२.१९ 

नयाँ प्रविधियूक्त सेवा भित्र्याउने अग्रणी बैंकको रुपमा परिचय बनाएको कुमारी बैंकले हाल संचालनमा रहेको कोर बैकिङ सिष्टमलाई परिर्वतन गरी  अत्याधुनीक सफ्टवेयर फिनाकल (Finacle १०.२.१९)  प्रयोगमा ल्याएको छ । यससँगै कुमारी फिनाकल प्रविधिको पछिल्लो संस्करण (CBS) को प्रयोग गर्ने पहिलो नेपाली बैंक बनेको छ ।

अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ कुमारी बैंकले नयाँ कोर बैकिङ सफ्टवेयर खरिद गर्नका लागि विश्व प्रख्यात सुचना प्रविधि कम्पनी Infosys India सँग फिनाकल १०.२.१९ को बैकिङ अत्याधुनिक पछिल्लो संस्करणको सफ्टवेयर खरिद गर्ने सम्झौता गरको थियो । ग्राहकवर्गलाई आधुनिक, गुणस्तरीय तथा सुरक्षित सेवा दिने उद्देश्यले यो प्रविधि भित्र्याएको बैंकले जनाएको छ । देशमा बैकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन अग्रणी भुमिका खेलेको कुमारी बैकले नै सबैभन्दा पहिले इन्टरनेट बैकिङको सुरुवात गरको थियो ।

कुमारी बैकले ५ महिनाको छोटो समयमा फिनाकल प्रविधिको पछिल्लो संस्करण अत्याधुनिक बैकिङ सफ्टवेयर फिनाकल (Finacle 10.2.19 ) प्रयोगमा ल्याउन सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए । कुमारी यति छोटो समयमा यो सफ्टवेयरको सपलतापुर्वक कार्यान्वयन गर्ने पहिलो बैंक बनेको छ । बैंकले छोटो अवधिमा सिबिएस कार्यन्वयन गर्न बैंकभित्र रहेका दक्ष जनशक्तिको अथक तथा सामुहिक प्रयत्नबाट सफलता हात पारेको जनाएको छ । 

फिनाकल प्रविधि संसारभरी चलन चल्तीमा रहेको उच्चस्तरीय बैकिङ सफ्वेयर मध्ये एक हो । हाल यो  सफटवेयर विश्वका ४५ वटा देशहरुका ५०० भन्दा बढि बैंकहरुले प्रयोग गरिरहेका छन् । नेपालमा आधुनिक प्रविधियुक्त यस्तो सफ्टवेरको प्रयोग सन् १९९६ देखि हुँदै आएको छ । हाल नेपालमा कोर बैंकिङ सिष्टमको प्रयोग अन्य १० बैंकले पनि गरिरहेका  छन् । यद्यपि, यो भर्सनको सफ्टवेयरको भने कुमारी बैंकले मात्रै गरेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]