March 12th, 2018

१२७७ अंकमा झर्यो सेयर बजार, ३१ करोडको मात्रै कारोबार

बैंकिङ खबर । सोमबार सेयर बजार ७.०८ अंकले घटेर १२७७.०१ अंकमा कायम भएको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल समूह ३५.६९ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र माइक्रोफाइनान्स क्रमशः ७.२२, १.०५, १३.१४, ३.३७, ६.६, ४.४५ र १९.३ अंकले घटेका  छन् । उत्पादनमूलक भने २०.९४ अंकले बढेको छ ।

दिनभरिमा १५४ वटा कम्पनीको सात लाख ७० जार चार सय ९८ कित्ता सेयर तीन हजार नौ सय ९९ पटक खरिदविक्री हुँदा ३१ करोड ३१ लाख ६५  हजार नौ सय १६ रुपैयाँको मात्रै कारोबार भएको छ । जसमध्ये, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल टेलिकम, सिद्धार्थ बैंक, सानिमा बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको एक करोडमाथिको कारोबार भएको छ । नविल बैंक र चिलिमे हाइड्रोको क्रमशः ८४ लाख र ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ७.०२ प्रतिशतका दरले कमाएका छन् । कालिका माइक्रोक्रेडिट, बोटलर्स नेपाल, मिर्मिरे माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, प्रिमियर इन्स्योरेन्स, गरिमा विकास बैंक, नेपाल हाइड्रो, नेशनल हाइड्रो, नविल इक्विटी फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, काबेली विकास बैंक र महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । ङादी ग्रुप पावर, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर, सूर्योदय लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, वरियन्टल होटल्स, नागबेली लघुवित्त, मिथिला लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]