March 12th, 2018

प्रभु बैंकमा ठूलो संख्यामा रोजगारी खुल्यो, अनलाइनबाटै दिनुहोस् आवेदन

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले सयभन्दा बढीको संख्यामा दरखास्त आह्वान गरेको छ । बैंकले शाखा प्रबन्धक ३० जना, अपरेसन इन्चार्ज ३० जना, एसिस्टेन्ट रिलेसनसिप मेनेजर ३० जना, अफिसर ट्रेजरी दुई जना, अफिसर रिक्रुमेन्ट एण्ड ट्रेनिङ एचआर दुई जना, रिलेसनसिप अफिसर/अपरेसन इन्चार्ज २८ जना र टेलर/सीएसडी केही संख्यामा मागेको छ । टेलर/सीएसडीबाहेक सबै पदका लागि अनुभव मागिएको छ । सबै पदका लागि उमेर हद पनि तोकिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २२ मार्चभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक  गर्नुहोस् ।

http://prabhubank.com/career/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]