May 12th, 2016

नेपाल क्लियरिङ हाउस र जनता बैँकबिच सम्झौता

JANATA - Copyनेपाल क्लियरिङ्ग हाउस लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबिच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS)सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट सीईओ नीलेशमान सिंह प्रधान र जनता बैंकका तर्फबाट सीईओ कुमार लम्सालले हस्ताक्षर गरे । यस सम्झौताअनुसार क्लियरिङ्ग हाउसले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

NCHL-IPS प्रणाली मार्फतकम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ । 

NCHL-IPS प्रणालीका लागि कम्पनीले ५१ बैंक तथावित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेको छ । यस सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ५५ पुगेको छ । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गर्दै आएको NCHL-ECC सेवामार्फत आफ्ना १ सय २२ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २ हजार ६ सय ९४ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]