fbpx
Sunday , September 23 2018

सूर्योदय लघुवित्तको हकप्रद खुल्यो, माघ २५ सम्मका सेयरधनीले भर्न पाउने

March 9, 2018

बैंकिङ खबर । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । चैत्र २८ गतेसम्म खुला रहने हकप्रदमा माघ २५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

संस्थाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । ग्लोबल आइएमई क्यापिटल जमल, सूर्योदय लघुवित्तको केन्द्रिय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रदका लागि आवेदन दिन पाइनेछ ।

हाल सूर्योदय लघुवित्तको चुक्तापुँजी चार करोड रुपैयाँ रहेको छ । एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ८० लाख रुपैयाँ बराबरको दुई लाख ८० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेपछि संस्थाको चुक्तापुँजी छ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.