March 8th, 2018

लघुवित्तको ८५ प्रतिशत कर्जा कृषि क्षेत्रमा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त वित्तीय संस्थाहरुले कृषि क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएका छन् । हालसम्म लघुवित्त संस्थाहरुले प्रवाह गरेको कुल कर्जाको ८५ प्रतिशत कृषि क्षेत्रमा लगानी गरिएको माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र जोशीले बताए । उनका अनुसार, लघुवित्तहरुले  अधिकांश कर्जा माछापालन, भैँसीपालन, बंगुरपालन, तरकारी खेती जस्ता क्षेत्रमा महत्वका साथ लगानी गर्दै आएका छन् । लघुवित्त वित्तीय संस्थाहरुलाई अझ प्रोत्साहन गरी  अघि बढ्न सकेमा अबको केही समयमा नै नेपालीहरु  कृषिमा अत्मनिर्भर बन्न सक्ने उनको तर्क छ । 

अहिले क, ख, ग र घ वर्गका बैंकहरुले लथभग २१ खर्ब कर्जा परिचालन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । जसमध्ये, लघुवित्त वित्तीय संस्थाहरुको कर्जा परिचालन मात्रै एक खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । अर्थात, समग्र वित्तीय संस्थाको लगानीमा लघुवित्तहरुको योगदान पाँच प्रतिशतभन्दा बढी रहेको छ । लगभग २४ लाख महिलाहरु लघुवित्त संस्थामा आवद्ध भएर उद्यमी बनेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]