सक्षम र नेरुडे मिलेर गाउँगाउँमा वित्तीय चेतना फैलाउँदै 

March 8, 2018

ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई लक्षित गरि वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन गाउँगाउँमा वित्तीय साक्षरता कार्यक्रम थालिएको छ । नेरुडे लघुवित्त विकास बैंकले सक्षम एसेस टु फाईन्नासको सहकार्यमा उनीहरुलाई विवेक पूर्ण तरिकाले वित्तीय निर्णय लिन सक्ने ज्ञान र सीपको विस्तार होस भन्ने उद्देश्यले सुनसरी जिल्ला अन्तरगत धरानको बाजोगरामा मंगलबार र बर्जु गाउँपालीकाको चिमडीमा बुधवार सो कार्यक्रम अयोजना गरिएको थियो । 

सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा रेमिट्यान्स, पारिवारिक बजेट तर्जुमा, बचत, कर्जा, बैंक÷वित्तिय संस्थाको छनौट तथा लघुबिमा सम्बन्धी विषयहरुलाई समेटिएको भिडियो प्रर्दशन गर्दै अभिमुखीकरण गरिएको थियो । सहभागीहरु मध्येकी रुनु चौधरीले यस प्रकारको कार्यक्रम पहिलो पटक भएको र व्यवहारिक जीवनमा उपयोगी हुने विचार व्यक्त गरिन् ।   

यो कार्यक्रमबाट सहभागिहरुलाई वित्तीय साक्षरता प्राप्त हुने र फजुल खर्चमा नियन्त्रण भई बचत गर्ने बानीको विकास हुने विश्वास लिएको बैकका प्रबन्ध संचालक मणिकुमार अज्र्यालले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *