March 7th, 2018

रुकुमको दुर्गम बस्तीमा एनएमबि माइक्रोफाइनान्सले दियो वित्तीय साक्षरता तालिम

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले दुर्गम क्षेत्रका समुदायमा बैंकिङ्ग शिक्षा प्रदान गर्ने उद्धेश्यले रुकुमको खोलागाऊँ र झुल्नेटा उपशाखा कार्यालय अन्तरगत वित्तीय पहँुचबाट बञ्चित समुदायका १४० जना सहभागीहरुलाई समेटेर २ दिने वित्तीय साक्षारता सम्बन्धी तालिम प्रदान गरेको छ । वित्तीय संस्थाले लघुबित्त कार्यक्रमका साथसाथै सदस्यहरुलाई उद्यमशील बनाउनको लागि क्षमता अभिबृद्धिका तालिम, सीप बिकास तालिम र वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गर्ने शिलशिलामा उक्त तालिमको आयोजना गरेको हो । 

तालिमको समापन कार्यक्रममा सहभागीहरुले वचत किन गर्ने, कसरी वचत गर्न सकिने रहेछ भन्ने कुरा जान्न पाएको प्रतिक्रिया दिए । आजको सानो सानो बचतले पनि भविष्यमा ठुलो काम गर्न सकिने कुरा सिक्न पाएको कुरा ब्यक्त गरे । उक्त कार्यक्रममा सहभागीहरुले गाउँ ठाउँमै केही गर्छु भन्ने आँट भएका तर लगानी गर्न पैसा नभएका समुदायहरुलाई बिना धितो कर्जा उपलब्ध गराउने र मासिक रुपमा वचत र किस्ता संकलन गर्न घरदैलोमै कर्मचारीहरु आउने भएकोले काम गर्न धेरै सजिलो भएको प्रतिक्रिया दिए । 

२ दिनसम्म संचालन भएको उक्त तालिममा बचतको अर्थ, बचतको महत्व, वचत गर्ने उपायहरु, कर्जाको महत्व, कर्जा लिएर कसरी ब्यवसाय गर्ने र बढी भन्दा बढी फाइदा लिने उपायहरु समेटिएको थियो । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले के कस्ता सेवा सुविधाहरु प्रदान गर्दछन् भन्ने कुराको जानकारीका साथै बिमा र बिप्रषणको बारेमा समेत सहभागीहरुलाई जानकारी गराई सहभागीहरुको जिज्ञासालाई समाधान गरिएको थियो । तालिममा समुदायका महिला सदस्यहरु, उनीहरुका अभिभावक, शिक्षक, समाजसेवी, युवाबर्ग, बिभिन्न समुहमा आबद्घ व्यक्ति र स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]