March 7th, 2018

सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।सम्झौतापत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडर्को निर्जिवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्नेछन् । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपर्मा  िनर्जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

देशको १४ वटै अञ्चलमा फैलिएको यस बैंकले काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ४३ गरी कुल ६७ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]