March 5th, 2018

सुरुमा बढेको सेयर बजार अन्ततः दोहारो अंकले घटेर बन्द भयो 

बैंकिङ खबर । सोमबार सेयर बजार खुलेको आधा घण्टासम्म नेप्से परिसूचक निरन्तर उकालो लागेको थियो । १३.१९.५१ अंकसम्म पुगेको बजार अन्ततः १५.६९ अंकको गिरावटसँगै १२.८७.७४ अंकमा पुगेर बन्द भएको छ । 

व्यापार र होटलबाहेक कारोबार भएका सबै उपसूचक ओरालो लागेका छन् । बीमा समूह सबैभन्दा धेरै ११९.२१ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ९.८७, ११.४, ४५.४, ६.०९, ४६.४७, १०.१९ र ४३.७६ अंकले घटेका छन् । व्यापार र होटल क्रमशः ६.८५ र २.४८ अंकले बढेका छन् । 

बजार निरन्तर ओरालो लाग्न थालेपछि कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १५३ वटा कम्पनीको नौ लाख ७७ हजार ४७ कित्ता सेयर पाँच हजार दुई सय ५६ पटक खरिदविक्री हुँदा ३९ करोड ५२ लाख १७ हजार चार सय ३५ रुपैयाँको करोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड तथा स्टान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर र एभरेष्ट बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । नविल बैंक, बोटलर्स नेपाल र नेपाल टेलिकमको क्रमशः ९९ लाख, ९५ लाख र ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

जम्मा २५ वटा कम्पनीका सेयरधनीले कमाएका  छन् । सबैभन्दा धेरै सूर्योदय लघुवित्तका सेयरधनीले ९.९६ प्रतिशतका दरले कमाएका  छन् । विशाल बजार, पूर्णिमा विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सगरमाथा इन्स्योरेन्स, स्वदेशी लघुवित्त, समिट माइक्रोफाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ, लक्ष्मी बैंक लगायतका सेयरधनीले पनि कमाएका छन्  । 

यता, हिमालयन डिस्टीलरीका सेयरधनीले नौ प्रतिशत तथा मञ्जुश्री फाइनान्स, अपि पावर कम्पनी, ग्लोबल आईएमई लघुवित्त र एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । त्यस्तै, अरुण काबेली पावर, लक्ष्मी लघुवित्त र प्रिमियर इन्स्योरेन्सका सेयरधनीले छ प्रतिशत तथा छिमेक लघुवित्त, बोटलर्स नेपाल लगायतका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]