March 4th, 2018

४१.५६ अंकले घट्यो सेयर बजार, दुई वटा कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । आइतबार सेयर बजारमा ४१.५६ अंकको गिरावट आएको छ । सबै उपसूचक ओरालो लागेसँगै नेप्से परिसूचक १३०४.४३ अंकमा झरेको छ । बीमा समूह सबैभन्दा धेरै २८६.२ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र माइक्रोफाइनान्स समूह क्रमशः ३५.४२, १५.८, ३५.८२, ४१.४५, ६२.५, ११.२१, ५३.२, १३.९२ र ५९.०१ अंकले घटेका छन् ।

दिनभरिमा १५१ वटा कम्पनीको १३ लाख ११ हजार नौ सय ४८ कित्ता सेयर पाँच हजार नौ सय ४३ पटक खरिदविक्री हुँदा ४८ करोड ३९ लाख ६७ हजार पाँच सय छ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड, नेपाल बैंकको दुई करोड ७२ लाख तथा नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, सानिमा बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नविल बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

सूर्योदय लघुवित्त र स्वदेशी लघुवित्तलका सेयरधनीले मात्रै कमाएका छन् । यी दुई कम्पनीले क्रमशः ३.९३ र १.८६ प्रतिशतका दरले कमाएका छन् ।

यता, हिमालयन डिस्टरीका सेयरधनीले १० प्रतिशत तथा बिशाल बजारका सेयरधनीले ९.९७ प्रतिशतका दरले गुमाएका छन् । गुराँस लाइफ इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स र स्वरोजगार लघुवित्तका सेयरधनीले आठ प्रतिशत तथा किसान माइक्रोफाइनान्स, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, महुली सामुदायिक लघुवित्त, विजय लघुवित्त एनएलजी इन्स्योरेन्स लगायतका सेयरधनीले सात प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]