March 4th, 2018

सयपत्री हाइड्रोपावरको नौ लाख कित्ता आईपिओ आउँदै

बैंकिङ खबर । सयपत्री हाइड्रोपावर प्रालिले नौ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको  छ । सेयर निष्काशनका लागि कम्पनीले  एनआईबिएल एस क्यापिटल लिमिटेड लाई सेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निष्कासन सम्बन्धी सम्झौतामा सयपत्री हाइड्रोपावरका अध्यक्ष डा.बद्री के.सी र एनआइबिएल एस क्यासपिटलका महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे । 

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । जसमध्ये, पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बाग्लुङका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने तीन लाख कित्ता सेयर निष्कासन गर्ने कम्पनीको योजना  छ । त्यसपश्चात कम्पनीले २० प्रतिशतले हुन आउने छ लाख कित्ता सेयर सर्वसधारणका लागि निष्कासन गर्नेछ ।

कम्पनीले बाग्लुङमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]