May 12th, 2016

बीओकेले कमायो ४८ करोड खुद नाफा 

B OKचालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंक अफ काठमाडौं (बिओके) को खुद नाफा स्थिर रह पनि निष्क्रिय कर्जा अनुपात बढ्दा बैंकतिर लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको छ । केही बर्ष अघिदेखी सुस्त अवस्थामा रहेको  कम्पनी बैंक अफ काठमाडौंको प्रगति यस बर्षको तेस्रो त्रैमासमा पनि माथि उठ्न सकेन ।

बीओकेले यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ४८ करोड खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक बर्षको खुद नाफा बराबर हो । बैंकको ब्याज आम्दानी ३ करोडले बढे पनि संचालन नाफा स्थिर रहेको छ । निष्क्रिय कर्जाको अनुपात १.०८ बाट ३.७६ प्रतिशतमा उक्लिँदा बैंकले कर्जा नोक्सानी कोषमा रकम बढाउनु परेको छ भने खर्च रकममा पनि सामान्य बृद्धि भएको छ ।

बीओकेको निक्षेप र कर्जा परिचालन सामान्य रुपमा मात्र बढेका छन् भने शुल्क, कमिशन र छुट शीर्षक अन्तर्गतको आम्दानी घटेको छ ।चुक्ता पूँजी २ अर्ब १२ करोडबाट २ अर्ब ६७ करोड पुर्याउँदा खुद नाफा बढ्न नसकी प्रति शेयर आम्दानी २४ रुपैयाँमा खुम्चिएको छ । बैंकको जगेडा कोष पनि एक अर्ब ९० करोड बाट १ अर्ब ६७ करोडमा खुम्चिएको छ । बैंकको पूँजी कोष १३.४० छ भने मूल्य आम्दानी अनुपात २४.२४ गुणा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]