March 2nd, 2018

चार दिनमा ४१ अंकले घट्यो सेयर बजार, कारोबारमा वृद्धि

बैंकिङ खबर । यो साता  पनि सेयर बजारमा गिरावटको क्रम रोकिएको छैन । आइतबार र सोमबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार सामान्य बढेको भए तापनि बुधबार पुनः दोहोरो अंकले घटेर  १३४५.९९ अंकमा कायम भएको छ । गत साता नेप्से परिसूचक १३८६.९८ अंकमा थियो । यस आधारमा  हेर्दा, यो साता सेयर बजार ४०.९९ अंकले घटेको देखिन्छ । गत साता नेप्से परिसूचक ३७.९७ अंकले घटेको थियो । 

कारोबार रकममा भने यो साता उतारचढाव देखिएको छ । आइतबार २९ करोड १८ लाख रुपैयाँको कारोबार भएको बजारमा सोमबार ५५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, मंगलबार र बुधबार क्रमशः ५५ करोड ६८ लाख रुपैयाँ र ५४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । समग्रमा , साताभर एक अर्ब ९४ करोड ४५ लाख २९ हजार तीन सय १८ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा २४ करोड रुपैयाँ बढी हो । गत साता एक अर्ब ७० करोडको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अगाडी छ, जसको २२ करोड ६२ लाख २० हजार रुपैयाँको कारोबार भएको छ । प्रभु बैंक, प्राइम लाइफ इन्स्योरेन्स लगायतको पनि राम्रो कारोबार भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]