Monday , June 18 2018

एशियन लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो १२ प्रतिशत बोनस सेयर

February 27, 2018

बैंकिङ खबर । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको १२२ संचालक समितिको बैठकले गत   आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

प्रास्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले नौ करोडढ ६६ लाख ७१ हजार एक सय ८८ रुपैयाँ ८० पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ । साथमा, कर प्रयोजनका लागि ५० लाख ८७ हजार नौ सय ५७ रुपैयाँ ३१ पैसा नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । 

हाल एशियन लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको छ । अहिले कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरिरहेको छ । हकप्रद र बोनसपछि कम्पनीको चुक्तापुँजी एक अर्ब ३४ करोड रुपैयाँ नाघ्नेछ । आगामी असार मसान्तसम्ममा कम्पनीले दुई अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.